सिड्नीकी सेलेस्ट कँडेल हाल युनिभर्सिटी अफ द सन्शाइन कोस्टमा 'क्लिनिकल साइकोलोजी' विषयमा मास्टर्स गर्दै छिन्। उनले मनोविज्ञानको आफ्नो पढाइ अन्तर्गत एक अनुसन्धान गर्दै छिन्, जसको उद्देश्य बाल मानसिक स्वास्थ्य समस्याका लागि सहयोग लिने विषयमा अस्ट्रेलियाका नेपाली अभिभावकहरूको मनोवृत्ति बुझ्ने रहेको उनले बताइन्। यस अध्ययन लगायत नेपाली समुदायमा यस किसिमका ठोस अनुसन्धानको महत्त्वबारे कँडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
यदि तपाईँ वा तपाईँको चिनजानको कसैलाई समर्थन वा परामर्श चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्।
थप जानकारीका लागि lifeline.org.au वा beyondblue.org.au मा जानुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस् वा बहु भाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





