उनले मङ्गलवार, १० अक्टोबर २०२३ देखि लागू हुने गरी पदत्यागको घोषणा केही समय अघि गरेका हुन्।
दीपक खड्का सन् २००८ को मध्यदेखि न्यु साउथ वेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत थिए।
उनी भन्छन् कि अस्ट्रेलियामा नेपालीहरू भन्ने बित्तिकै मेहनती मानिसहरू भनेर चिनिन्छन् ।
“मैले अस्ट्रेलियामा रहेको यस्ता नेपाली समुदायसँग मिलेर धेरै काम गर्न पाएँ, त्यसमा मलाई खुसी लागेको छ,” खड्काले भने।
“अब पद नभए पनि, कुनै पनि मौकामा समुदायसँग मिलेर काम गर्ने अवस्था आयो भने, म पछि हट्दिन।"
पद सम्हालेपछि, यसैमा १५ वर्षसम्म बिताउँछु जस्तो लागेको थिएन, तर समुदायले दिएको सहयोग र मायाले मलाई यहाँसम्म ल्यायो।दीपक खड्का
'समुदायले खोजे अनुसार सेवा दिन सकिएको छैन'
तर समुदायको माग अनुसारको सेवा आफूहरूले दिन नसकेको तथ्याङ्कलाई खड्का स्वीकार गर्दछन्।
“दूतावासमा थप जनशक्तिको खाँचो छ, र सिड्नी लगायतका प्रमुख शहरहरुमा रहेको अवैतनिक दूतावासमा पनि नेपाल सरकारको कर्मचारीले सेवा दिएको खण्डमा समुदायलाई माग अनुसारको सुविधा प्रदान गर्ने सकिन्थ्यो,” उनले भने।

नयाँ दूत नियुक्त नहुन्जेल क्यानबरा दूतावासलाई नै सम्पर्क गर्नुपर्ने बाध्यता
नेपाल सरकारबाट अब रिक्त रहने यस पदको नयाँ नियुक्ति अहिलेसम्म घोषणा भएको छैन।
नयाँ नियुक्ति नहुन्जेल सिड्नी र वरपर बस्ने मानिसहरूलाई नेपाल प्रवेशका लागि चाहिने भिसा लगायतका अन्य कार्यहरूका लागि अब क्यान्बरामा रहेको दूतावासमा नै सम्पर्क गर्नुपर्ने हुन्छ।







