Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विश्वकप क्रिकेट २०२३: अस्ट्रेलिया शीर्ष चारमा र भारतको बिना हारको यात्रा जारी

APTOPIX India Cricket WCup

Australia's Marcus Stoinis (C) celebrates the wicket of Pakistan's Imam-ul-Haq during the ICC Men's Cricket World Cup match between Australia and Pakistan in Bengaluru, India on Friday, 20 October 2023. Source: AP / Aijaz Rahi/AP

भारतमा जारी रहेको विश्वकप क्रिकेट प्रतियोगितामा खेलेको पाँच वटा खेलमा विजयी भएर भारत अङ्क तालिकामा अहिले अग्र स्थानमा रहेको छ। त्यस्तै अहिलेसम्म उच्च प्रदर्शन देखाई रहेको न्यु जिल्यान्ड चार जितका साथ दोस्रो स्थानमा रहेको छ र अस्ट्रेलिया भने चौथो स्थानमा पुग्न सफल भएको छ। पछिल्ला खेलका समीक्षा सहित नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)का आगामी खेल योजनाका बारे संस्थाका खेल संयोजक दिप चन्दसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

By Sameer Ghimire

Source: SBS

Share this with family and friends

भारतमा जारी रहेको विश्वकप क्रिकेट प्रतियोगितामा खेलेको पाँच वटा खेलमा विजयी भएर भारत अङ्क तालिकामा अहिले अग्र स्थानमा रहेको छ। त्यस्तै अहिलेसम्म उच्च प्रदर्शन देखाई रहेको न्यु जिल्यान्ड चार जितका साथ दोस्रो स्थानमा रहेको छ र अस्ट्रेलिया भने चौथो स्थानमा पुग्न सफल भएको छ। पछिल्ला खेलका समीक्षा सहित नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)का आगामी खेल योजनाका बारे संस्थाका खेल संयोजक दिप चन्दसँग गरिएको कुराकानी सुन्नुहोस्।

आइतवार, २२ अक्टोबरमा दुई शीर्ष टिम - भारत र न्यु जिल्यान्ड बीच भएको खेलमा १२ बल बाँकी छँदा नै न्यु जिल्यान्डले दिएको २७४ रनको लक्ष्य पछ्याई भारतले चार विकेटले विजय प्राप्त गरेको थियो।

त्यस्तै, शनिवार, २१ अक्टोबरमा भएको खेलमा पछिल्लो विश्वकप विजेता इङ्ग्ल्यान्ड यस प्रतियोगितामा भरिलो प्रदर्शन गर्दै आएको दक्षिण अफ्रिकासँग २२९ रनले पराजित भएको थियो।

India Cricket WCup
England's Mark Wood (L) bats during the ICC Men's Cricket World Cup match between England and South Africa in Mumbai, India on Saturday, 21 October 2023. Source: AP / Rajanish Kakade/AP

उक्त खेलमा ६७ बलमा १०९ रन बनाई दक्षिण अफ्रिकी खेलाडी हेन्रिक क्लासेनले 'म्यान अफ द म्याच'को उपाधि पाउन सफल भएका थिए। दक्षिण अफ्रिकाले इङ्ग्ल्यान्डलाई विजयको लागि ५० ओभरमा ४०० रनको लक्ष्य दिएको थियो।

गत हप्ता भएको अर्को एक खेलमा, नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरी क्रिकेट जगतलाई आफ्नो कौशलताको परिचय दिएको छ।

यता अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरी आफू अझै विश्वकपका लागि सबल दाबेदार रहेको जनाउ दिएको छ।

अङ्क तालिकामा अस्ट्रेलिया अहिले चौथौँ स्थानमा रहेको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now