आइतवार, २२ अक्टोबरमा दुई शीर्ष टिम - भारत र न्यु जिल्यान्ड बीच भएको खेलमा १२ बल बाँकी छँदा नै न्यु जिल्यान्डले दिएको २७४ रनको लक्ष्य पछ्याई भारतले चार विकेटले विजय प्राप्त गरेको थियो।
त्यस्तै, शनिवार, २१ अक्टोबरमा भएको खेलमा पछिल्लो विश्वकप विजेता इङ्ग्ल्यान्ड यस प्रतियोगितामा भरिलो प्रदर्शन गर्दै आएको दक्षिण अफ्रिकासँग २२९ रनले पराजित भएको थियो।

England's Mark Wood (L) bats during the ICC Men's Cricket World Cup match between England and South Africa in Mumbai, India on Saturday, 21 October 2023. Source: AP / Rajanish Kakade/AP
गत हप्ता भएको अर्को एक खेलमा, नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरी क्रिकेट जगतलाई आफ्नो कौशलताको परिचय दिएको छ।
यता अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरी आफू अझै विश्वकपका लागि सबल दाबेदार रहेको जनाउ दिएको छ।
अङ्क तालिकामा अस्ट्रेलिया अहिले चौथौँ स्थानमा रहेको छ।







