‘नेपालबाटै आफ्नो लक्ष्य तय गरेर आउनुहोस्’: विद्यार्थी जीवन अस्ट्रेलियामा कसरी सजिलो बनाउने?

A representative image of international students in Australia.

A representative image of international students in Australia. Credit: AAP/Bianca De Marchi

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूको सङ्ख्या पछिल्लो समय बढेको छ। सन् २०२५ अक्टोबरसम्म हेर्दा, ६८,००० भन्दा धेरै नेपालीभाषी विद्यार्थीहरू अध्ययनरत रहेको अस्ट्रेलिया सरकारको शिक्षा विभागको तथ्याङ्कले देखाउँछ, जुन त्यो भन्दा अगिल्लो सालको तुलनामा ४.४ प्रतिशतले बढेको हो। नयाँ वर्षको सुरुवातसँगै नयाँ ‘इन्टेक’ सुरु हुने समय नजिकिँदै गर्दा, अस्ट्रेलिया आउन सोचिरहेका विद्यार्थीहरूले के-के कुरामा ध्यान दिनु पर्ला त? भाषा, कामको खोजी, अध्ययन र कामको सन्तुलन, तथा नयाँ जीवनशैलीमा घुलमिल हुँदाका चुनौती लगायत सुझावका बारेमा एसबीएस नेपालीले केही विद्यार्थीहरूसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

[म्यूजिक]

तपाईं एसबीएस नेपालीको साथमा हुनुहुन्छ।

[म्यूजिक]

र श्रोतावृन्द यो तेस्रो र अन्तिम ब्रेकपछि फेरि पनि स्वागत छ तपाईंलाई। तपाईं सुन्दै

हुनुहुन्छ एसबीएस साउथ एशियनमा नेपाली कार्यक्रम। हामी आइरहेका छौं प्रत्यक्ष

बिहिबार एसबीएस साउथ एशियनमा दिउँसो दुईदेखि तीन बजीसम्म र तपाईंले हामीलाई आइतबार भने

पुनःप्रसारण एसबीएस रेडियो टुमा सुनिरहनुभएको छ। तपाईंहरूको साथमा छु म

दिनिता रिसाल। मेलबर्नको फेडरेशन स्क्वेयरमा रहेको एसबीएस कार्यालयको स्टुडियो

सिक्सबाट। र ब्रेकअघि हामीले श्रोताहरू अष्ट्रेलियामा यो वर्ष सन् २०२६ मा

अध्यागमनसम्बन्धी हुँदै गरेका परिवर्तनहरूबारे चर्चा गर्यौं। त्यस्तै गरी,

अँ, मेलबर्नमा अब सुरु हुन गइरहेको अस्ट्रेलियान ओपनमा नेपालबाट सहभागिता जनाउन

लागेकी चौध वर्ष मुनिको विधामा सहभागिता जनाउन लागेकी शिबाली गुरुङसँगको कुराकानी

पनि सुन्यौं र अहिलेको लागि भने ब्रेकअघि भने चैँ अब पालो भएको छ, अन्तर्राष्ट्रिय

विद्यार्थी जीवनको बारेमा चर्चा गर्ने। र तपाईंको पनि कोही आफन्त वा भाइ बहिनी चैँ

अष्ट्रेलिया आउने सोचमा अथवा तयारीमा हुनुहुन्छ भने र तपाईंले के गर्दा उचित होला

त भनेर सल्लाह दिनुपऱ्यो भने चैँ हामीले अब बजाउन गइरहेको यो सामग्री अवश्य पनि सेयर

गरिदिनुहोला भन्न चाहन्छौँ। र अब नयाँ वर्ष सुरु भयो, होइन, सन् २०२६ अब फेब्रुवरी

मार्चतिर

नयाँ इन्टेकहरू पनि सुरु हुन्छ, धेरै जसो शिक्षा प्रदायकहरूको र विशेष गरी

युनिभर्सिटीहरूको र अब गुणस्तरीय शिक्षा, कामको अवसर र अध्ययनपछिको भिसाको सम्भावनाका

कारण चैँ अष्ट्रेलिया धेरै नेपाली विद्यार्थीहरूको रोजाइमा परेको भनेर

विद्यार्थीहरूले बताउने गरेका छन्। र अब

योसँगै केही तथ्यांकहरू पनि जोडी हालौँ, तपाईंहरूलाई जानकारी दिइहालौँ कि

अष्ट्रेलियाको शिक्षा अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको नेपाली विद्यार्थीहरूले

चैँ श्रम बजारमा आवश्यक जनशक्ति पूर्ति गर्दै आएको पनि अष्ट्रेलिया सरकारको शिक्षा

विभागको तथ्यांकले देखाउँछ। उक्त तथ्यांक अनुसार सन् २०२५ को जनवरीदेखि अक्टोबरसम्मको

आँकडा हेर्ने हो भने नेपाली विद्यार्थीहरूको संख्या तेस्रो स्थानमा छ।

पहिलो स्थानमा चीन र त्यस्तै गरी दोस्रो स्थानमा भारत रहेका छन् र अष्ट्रेलियामा

नेपाली विद्यार्थीहरूको संख्या भने सन् २०२४, चौबीसबाट करिब चार दशमलव चार

प्रतिशतले वृद्धि भएर यो तथ्यांकको समयसम्म यानी कि गत वर्षको अक्टोबरसम्म चैँ अढाई

हजार कटेको छ। अधिकांश विद्यार्थीहरू अध्ययनपछि दक्ष कामदार सँगै स्थायी बासिन्दा

पनि बन्दै गइरहेको पनि हामीले पाउँछौँ र त्यस्तै गरी यो गन्तव्यसम्म पुग्न चैँ

थुप्रै चुनौतीहरूको पनि अवश्य सामना गर्नुपर्ने नै हुन्छ। सबैको आ-आफ्नै यात्रा,

आ-आफ्नै चुनौतीहरू हुन्छन्, होइन? र यदि कोही चैँ विद्यार्थीको रूपमा अष्ट्रेलिया

आउँदै हुनुहुन्छ वा आउने तयारीमा हुनुहुन्छ भने चैँ केही सीप सिकेर आए सजिलो हुन्छ भनेर

केही विद्यार्थीहरूले हामीलाई बताएका छन्। अब के सीप सिक्ने त, होइन? काम सिकेर आउने

हो कि,

भाषा त अब अङ्ग्रेजी नै भइहाल्यो तर अब यहाँको किसिमको अब के कस्तो गरी बोल्ने

प्रवृत्ति छ, चलन के के कस्तो छ चलनचल्ती त्यो सिकेर आउने हो कि, होइन? अब घर कोठा

कसरी खोज्ने भन्ने सिकेर आउने हो कि, यिनै विषयमा यही प्रश्नहरू चैँ हामीले भर्खर

भर्खर अष्ट्रेलिया आइपुगेका केही विद्यार्थीहरू समक्ष राखेका थियौँ केही

समयअघि र उनीहरूले के सल्लाह दिन्छन् त? यो रिपोर्टमा सुनौँ र रिपोर्ट प्रस्तुत गर्दै

-हुनुहुन्छ सहकर्मी सचिन खकुरेल। -कस्टमरले चैँ स्न्याग कहाँ छ भनेर सोध्यो।

काम गरेको फ्यु विक्स भाथ्यो। मलाई त्यो वर्डै कहीँ सुनेको थिएन। आई क्यान फिल ऊ

अलरेडी रिसाइराखेको थियो। मैले म्यानेजरलाई बोलाउनु पऱ्यो अनि सोद्धाखेरि त त्यो नर्मल

हामीले भक् खाने ससेज रैछ, अब ससेज भने थाह हुन्थ्यो। उल्ले त्यो उसको अब प्रपर

-अस्ट्रेलियान स्ल्याङ रैछ त्यो। -न्यूनतम रूपमा सवारी चलाउन, कफी बनाउन

मात्रै होइन, अस्ट्रेलियान एक्सिन्ट र स्ल्याङबारे अनलाइनमार्फत राम्ररी बुझेर

यहाँ आए जीवन एकदमै सजिलो हुने सिडनीमा दुई वर्षअघि आइपुगेका साहिल श्रेष्ठ

-भन्छन्। -...आई थिङ्क इट्स् वान अफ द इम्पोर्टेन्ट

थिङ, आई थिङ्क सबैले मिस आउट गर्छ यो कुराहरू, सबै ठुलो ठुलो कुराहरूमा या अब

कलेज भन, सबै इम्पोर्टेन्ट छ तर यो पार्ट पनि कभर गर्यो भने चैँ

अब

स्टुडेन्टहरूलाई धेरै सजिलो छ, आफूलाई पनि सजिलो हुन्छ अनि प्लस अब त्यही मेरो

एक्जाम्पल जस्तै अब मान्छेहरूलाई खुसी पनि हुन्छ, उनीहरूको शब्द, भाषा बुझ्दो रहेछ

-भनेर। -नेपालको तरिका र यहाँ फरक त भइहाल्छ नि। आफू

के गर्न आउन लागेको हो, त्यो बुझ्नु जरुरी छ। एक त काम गरेको अनुभव हुँदैन। यहाँ

आइसकेपछि पाएको काम गर्न पहिले सीप सिकेर आउन सक्यो भने गाह्रो नहुने श्रेष्ठ भन्छन्।

सिम्पल सिम्पल कुरा गाडी चलाउन नेपालबडै

सिकेर आयो अरे भने

अब विदेशमा त्यो, त्यो धेरै कुनै नि स्किल्सहरू डेभलप गर्न सकिन्छ भने नेपालमा

आफूले आफूले आफ्नो क्षमतामा गरेर आयो भने विदेशमा काम लाग्छ।

यता सन् २०२२ मा अष्ट्रेलिया आएका कृषार पाठक पुराना बासिन्दाले नयाँ आउने पुस्तालाई

सहयोग गर्नुको साटो उल्टै समस्यामा पारिदिने गरेको तीतो अनुभव सुनाउँदै भन्छन्,

सङ्गत गुनाको फल भनेजस्तै जस्तो सङ्गत त्यस्तै परिणाम हुने भएकोले विचार

पुर्‍याउनु पर्दो रहेछ। नेपाली विद्यार्थीमा माझ ठूलो समस्याको रूपमा रहेको ग्याम्लिङबाट

-टाढै रहन सबैलाई पाठकले आग्रह गरेका छन्। -अब धेरैजसो नेपालीहरू चैँ पोकिसको कारणले

बिग्रेको न्युजहरू हामी देख्छौँ। ग्याम्लिङ फर्स्ट वान कुरा भनेको चैँ ग्याम्लिङ, नम्बर

टु कुरा भनेको चैँ यहाँ नेपालीहरूले नेपालीलाई नै फसाउने चलन छ। जस्तै, अब केही

काम गर्दे म सय दिन्छु, दुई सय दिन्छु भनेर त्यो नयाँ आको विद्यार्थीहरूलाई चैँ अलिकति

अब काम पनि नहुँदा सय दुई सय भनेको अलिकति भ्याल्यू, भ्याल्यू पनि हुन्छ। त्यो सय दुई

सयले तपाईंहरूको लाइफ नै हेम्पर गर्छ। त्यही भएर अलिकति,

अलिकति आफूभन्दा ठूलो पनि अलि कस्तोको सङ्गत गर्ने भनेर अलिकति सुरुबडै

-लाग्नुहोला। -यता सन् २०२३ मा अष्ट्रेलिया आइपुगेका डेनिस

तन्डुकार भने अवसर पर्याप्त पाइने भएकोले मेहनत गर्न सुझाव दिन्छन्।

... टण्डुकार भन्छन्, ब्यालेन्स गर्दै लानुपर्छ। अस्ट्रेलियाले समयसँगै सिकाउँदो

रहेछ। नयाँ आउने भाइ बहिनीहरूलाई टण्डुकार सल्लाह दिँदै भन्छन्, "नयाँ ठाउँ, नयाँ

परिवेशमा आउने भएपछि सबै पहिले राम्ररी बुझेर आउनुहोला। गन्तव्य के हो? कसरी आफ्नो

लक्ष्यमा पुग्ने पूर्व तयारी गरेर आए खासै अप्ठ्यारो नहुने रहेछ।"

अफकोर्स अपर्चुनिटी छ। तपाईंले चाहेको जस्तो लाइफ स्टाइलको लागि धेरै मेहनत चै

गर्नुपर्छ। तर त्योभन्दा अगाडि चै अलिकति वेल इन्फर्म भएर पहिले नेपालबाटै अलिकति

बुझेर आफ्नो पाथ वे चुज गरेर अलि राम्रोसँग इन्फर्म भएर चै आउनु भन्न सजेस्ट गर्न

-चाहन्छु। -भर्खरै अस्ट्रेलिया आइपुगेकी पुष्पा पोखरेल

काम र व्यक्तिगत जीवनलाई ब्यालेन्स गर्न गाह्रो हुने आफ्नो अनुभव सुनाउँदै भन्छिन्,

हल्का तनाव हुने रहेछ, तर म्यानेज भइहाल्छ। एकातिर पढाइ, तेसमाथि काम मिलाएर लैजान

समस्या पर्न सक्ने भएकोले सोही अनुरूपको तयारी र माइन्ड मेकप गरेर आउन पोखरेल सल्लाह

-दिन्छिन्। -यहाँ चै वर्किङ लाइफलाई र युनिभर्सिटी

लाइफलाई चै एकै ठाउँमा एकैचोटि लिएर जाँदाखेरि चै धेरै नै गाह्रो हुने रहेछ। यता

कामको स्ट्रेस, यता असाइनमेन्टको स्ट्रेस त्यो गर्दाखेरि चै गाह्रो हुने रहेछ।

अस्ट्रेलिया आइसकेपछि के कस्ता समस्या हुन्छन् त भनेर हामीले राखेको प्रश्नमा

कृषार पाठक भन्छन्, सबैभन्दा ठुलो त कामकै समस्या हो। घर भाडा महँगो, खानपान खर्च

अत्यधिक र काम गर्ने समय सीमित भएकोले दैनिकि चलाउन गाह्रो हुने रहेछ। उनी भन्छन्,

हुन त घर जस्तो खोजेर त कहाँ पाइदो रहेछ र?

अब विदेशको ठाउँ अब घर जस्तो त कहिले पनि हुँदैन। अभ्यस्ली अप्स एण्ड अप्स एण्ड डाउनस

त भइहाल्छ लाइफमा। त्यहीँ काम नपाउने, अर्को काम जानुपर्ने, नयाँ काम जानुपर्ने,

पुरानो काममा नबोलाउने त्यस्तो समस्याहरू त भइहाल्छ। सिडनीमा अब तपाईंको मिनिमम अ रेन्ट

नै तपाईंको टु फिफ्टी भनम् न मिनिमम। अब एकजना स्टुडेन्टले मिनिमम कमाउने भनेको

थाउजेन हो। अब टु फिफ्टी ग्रोसरी रेन्ट गर्दा चै त्यहाँ माथि कलेज फि, अब हाम्रो

धेरैजसो नेपालीहरूको चै नेपालबाट भन्दा पनि हामीले यहीँ नै तिर्ने चलन छ, होइन! अलिकति

गाह्रो नै छ, कोस्ट अफ लिभिङ चै एकदम हाई हो।

घर परिवारको माहौलमा रमाइरहेको जिन्दगी अचानक परदेशमा सबै एक्लैले व्यवस्थापन

गर्नुपर्ने चुनौती आइपर्दा अलि गाह्रो भएको अनुभव सुनाउँदै पुष्पा पोखरेल भन्छिन्, मनी

म्यानेज कसरी गर्ने भन्ने सिक्यो भने धेरै हदसम्म सजिलो हुने रहेछ।

मेन भनेको

मनीलाई म्यानेज गर्न नसक्दाखेरि चै गाह्रो

हुन्छ। रेन्टहरूदेखि सबै आफ्नो ग्रोसरीदेखि सबै आफूले हेर्नुपर्दाखेरि चै...

सहमति जनाउँदै डेनिस टण्डुकार थप्छन्, सुरुमा गाह्रो त अलिअलि हुन्छ नै, तर

अस्ट्रेलियाले सिकाउँछ। मेहनत र धैर्य गर्दै सही बाटो हिँड्यो भने खासै गाह्रो छैन।

सुरुमा चै तपाईंलाई सबै लाइक ब्यालेन्स गर्न चै अलिकति हुन्छ नि, आफैले कमाउने आफै लाइक

सबै ब्यालेन्स गर्नु चै अलिकति गाह्रो हुन्छ, तर आफैले म्यानेज गर्न सिक्नुहुन्छ

-बिस्तारै बिस्तारै तपाईंले। -समग्रमा हेर्दा अस्ट्रेलिया नेपाली

विद्यार्थीको लागि अवसरको देश भए पनि यो यात्रा त्यत्ति सजिलो भने छैन। पढाइ, काम,

खर्च, मानसिक दबाब र सही सङ्गतको छनौट जस्ता चुनौतीहरू सबैले झेल्नुपर्ने यथार्थ हो। तर

समयमै सही तयारी, आवश्यक सीप, स्पष्ट लक्ष्य र धैर्यका साथ अघि बढ्न सके यी

चुनौतीहरू अवसरमा बदलिन सक्छन्। यहाँ आएका विद्यार्थीहरूको साझा सन्देश एउटै छ,

अस्ट्रेलिया आउनुअघि राम्रोसँग बुझेर आउनुहोस्, मेहनत गर्न तयार रहनुहोस् र गलत

-बाटोबाट टाढै रहनुहोस्। -र श्रोताबृन्द, अस्ट्रेलियाबाट नेपाल

आउने... नेपालबाट अस्ट्रेलिया आउने भनौं, ठ्याक्कै उल्टो भनिन्छ है! अ, नेपालबाट

अस्ट्रेलिया पढ्नका लागि केही विद्यार्थीहरू आउने सोच्दै हुनुहुन्छ भने चै यस किसिमको

सल्लाह सुझाव दिँदै थिए। यहीँ बस्दै आएका अँ केही विद्यार्थीहरूले समस्या आउँछन् तर

समाधान खोज्दै अघि बढ्ने हो भने परको अँ देश पनि हेर्दाहेर्दै वरको हुन पुग्छ भनेर

बताउँदै थिए केही विद्यार्थीहरू। सिडनी र मेलबर्नमा र यम सहकर्मीहरू अँ मेलबर्नमा

सहकर्मी सुशील चालिसे र सिडनीमा सहकर्मी सचिन खकुरेलद्वारा सङ्कलित अँ कुराकानीहरू,

सामग्रीहरू सहितको यो रिपोर्ट सुन्नुभयो, सहकर्मी सचिन खकुरेलको आवाजमा। र यो सँगै

हामी तपाईंहरूलाई जानकारी गराउन चाहन्छौं कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू

वक्ताहरू स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र यो सँगै

तपाईंका पनि केही अनुभवहरू छन्, सल्लाह सुझावहरू छन् भने अवश्य पनि पठाउनुहोस्,

एसएमएस गरेर नम्बर हो शून्य चार तीन नौ सात नौ नौ सात छ सात, जिरो फोर थ्री नाइन सेभन

नाइन नाइन सेभन सिक्स सेभन। र यो भन्दै हामी अब भने कार्यक्रमको अन्त्य अन्त्यतिर

आइपुगिसकेका छौं र गीत सुन्ने पालो भएको छ। गीत भने आज लिएर आएका छौं, अँ अस्ट्रेलियामा

चै युट्युबमा म्युजिक चार्ट्समा अँ अन्डर टप टेनमा रहेको छ दुईटा गीतहरू। एउटा चै

स्वप्ना सुमनको मेरो हजुर, अर्को केहर लिम्बूको आवाजमा रहेको डोको बुन्ने अँ छैटौँ

स्थानमा छ स्वप्ना सुमनको मेरो हजुर र सातौँ स्थानमा डोको बुन्ने। अहिलेको लागि

भने उता पहिलो गीत अँ स्वप्ना सुमनको आवाजमा मेरो हजुर छोड्दै यो एक घण्टाको लागि साथ

दिनुभएकोमा धन्यवाद! अँ तपाईंको बाँकी दिन शुभ बितोस् भन्दै म दिन्ता पनि कार्यक्रमबाट

बिदा लिने अनुमति चाहन्छु। आउँदो कार्यक्रममा भेट हुने नै छ, नमस्ते।

एसबीएस नेपाली रेडियो, अनलाइन र

मोबाइलमा।

[मुसिक]

एसबीएस

इज अस्ट्रेलियास मोस्ट ट्रस्टेड मल्टीलिङ्गुअल ब्रोडकास्टर। आर लिसनर्स आर

लॉयल, हाईली एंगेज्ड एण्ड हभ सपोर्टेड काउंटलेस लोकल बिजनेसस। वी ऑफर एडभर्टाइजिङ

प्याकेजस फॉर बिजनेसस अफ अल साइजस। आर एक्सपीरियंस सेल्स टीम विल गाइड यू थ्रु द

प्रोसेस अफ ओनिङ ए ग्रेट केम्पेन। ब्रिंग योर ओन एड ओर हभ आर प्रोडक्शन टीम मेक यू

समथिङ इन वन अफ आवर सिक्सटी एइट लँग्वेजेस। स्टार्ट द कन्भर्सेशन विथ योर न्यू ऑडियन्स

-टुडे। ईमेल सेल्स एट एसबीएस डट कम डट एयू। -अनलाइन र सोसलमा थप

सामग्रीहरू पाउनुहोस् sbs.com.au/nepali मा जानुहोस् वा फेसबुकमा

एसबीएस नेपालीलाई फलो गर्नुहोस्।

लाइक, सेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ

-दिनुहोस्। -[मुसिक]

दिस जनवरी, एनआईटिभी एण्ड एसबीएस ब्रिंग्स यू फर्स्ट नेसन स्टोरीटेलिङ अन एन एपिक

स्केल। स्टोरीज अफ आर ट्रेलब्लेजर्स,

स्टोरीज अफ आवर सर्वाइवल

एण्ड स्टोरीज अफ आवर स्ट्रेंथ। बिकॉज दिस ऑलवेज वाज, ऑलवेज विल बी एबोरिजिनल

ल्यान्ड। एइटिन थ टू ट्वेन्टी सिक्स ज्यानवरी अन एनआईटिभी, एसबीएस एण्ड एसबीएस

अन डिमान्ड।

END OF TRANSCRIPT

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now