अस्ट्रेलियामा उच्च शिक्षा लिइरहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नयाँ निकाय नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान (एनएसओ) का अनुसार विद्यार्थीहरूले सामना गर्ने समस्याहरू मध्ये करिब ५० प्रतिशत पाठ्यक्रम र शुल्क सम्बन्धि छन्। यही वर्षको फेब्रुअरीदेखि सञ्चालनमा आएको एनएसओमा जुनसम्म १,४७१ वटा गुनासोहरू दर्ता भएको फर्स्ट असिस्टेन्ट अम्बड्स्म्यान सेरा बेन्डल बताउँछिन्। यही सन्दर्भमा एसबीएस नेपालीले बेन्डलसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कानूनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





