अस्ट्रेलियामा उच्च शिक्षा लिइरहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नयाँ निकाय नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान (एनएसओ) का अनुसार विद्यार्थीहरूले सामना गर्ने समस्याहरू मध्ये १२ प्रतिशत जातिवाद, भेदभाव र यौन दुर्व्यवहार सम्बन्धि छन्। वास्तविक सङ्ख्या योभन्दा धेरै हुन सक्ने फर्स्ट असिस्टेन्ट अम्बड्स्म्यान सेरा बेन्डल बताउँछिन्। यही वर्षको फेब्रुअरीदेखि सञ्चालनमा आएको एनएसओमा जुनसम्म विभिन्न विषयमा कुल १,४७१ वटा गुनासोहरू दर्ता भएको उनको भनाइ छ। यही सन्दर्भमा एसबीएस नेपालीले बेन्डलसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा वा यौन हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्। मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।





