SKIP TO MAIN CONTENT

अन्तराष्ट्रिय नेपाली टोपी दिवस: ढाका टोपी सिरैमा ढलक्क ढल्कियो...

Overseas Nepali Forum(ONF) - South Australia commemorated Nepali Dhaka Topi Diwas in Adelaide.
Shankar Banjade (L) is one of the campaigners of International Nepali Topi Day. Credit: Supplied/ONF-SA

ज्यानुअरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने गरिन्छ। नेपाली पहिरन र त्यसमा पनि टोपीलाई राष्ट्रिय पहिचानका रूपमा विश्वमा स्थापित गर्ने उद्देश्यले यो अभियानको थालनी भएको अभियानकर्ता शंकर बन्जाडेले बताए। ११ औँ संस्करणसम्म आइपुग्दा विश्वभर छरिएर रहेका नेपालीहरूले यस दिवसमा सामाजिक सञ्जालमा नेपाली टोपी सहितको तस्बिर राख्ने क्रम बाक्लिएको देख्दा खुसी लाग्ने उनको भनाइ छ। नाम चाहिँ नेपाली टोपी दिवस, मनाउने चाहिँ किन अङ्ग्रेजी मिति अनुसार? बन्जाडे भन्छन् संसारभर छरिएर बसेका नेपालीहरूलाई पनि यो अभियानमा समेट्न सकियोस् भन्ने उद्देश्य हो। शंकर बन्जाडेसँग गरिएको पूरा कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

ज्यानुअरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने गरिन्छ। नेपाली पहिरन र त्यसमा पनि टोपीलाई राष्ट्रिय पहिचानका रूपमा विश्वमा स्थापित गर्ने उद्देश्यले यो अभियानको थालनी भएको अभियानकर्ता शंकर बन्जाडेले बताए। ११ औँ संस्करणसम्म आइपुग्दा विश्वभर छरिएर रहेका नेपालीहरूले यस दिवसमा सामाजिक सञ्जालमा नेपाली टोपी सहितको तस्बिर राख्ने क्रम बाक्लिएको देख्दा खुसी लाग्ने उनको भनाइ छ। नाम चाहिँ नेपाली टोपी दिवस, मनाउने चाहिँ किन अङ्ग्रेजी मिति अनुसार? बन्जाडे भन्छन् संसारभर छरिएर बसेका नेपालीहरूलाई पनि यो अभियानमा समेट्न सकियोस् भन्ने उद्देश्य हो। शंकर बन्जाडेसँग गरिएको पूरा कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now