हामीले गए वर्षदेखि अस्ट्रेलियामा घरहरूको भाउ घटिरहेको देखेका थियौँ। तर, फेब्रुवरीमा भने अघिल्ला महिनाहरू जस्तो व्यापक मात्रामा चाहिँ त्यसो नभएको जस्तो देखिएको छ। विशेष गरी कोर लजिकको एक प्रतिवेदन अनुसार फेब्रुवरीमा देशव्यापी रूपमै घरहरूको औसत दर - केवल ०.७ प्रतिशतले मात्र घटेको थियो। उक्त प्रतिवेदन अनुसार, राष्ट्रिय स्तरमा अहिले अस्ट्रेलियाको औसत घर भाउ ५२४,४७८ डलर रहेको छ। यसै सन्दर्भमा हामीले आर्थिक सल्लाहकार विश्वास भट्टराईलाई सोधेका थियौँ: अक्सन हुने घरहरूको सङ्ख्यामा पनि केही वृद्धि भएको देखिएको हो? के घरहरूको भाउ पुन: वृद्धि हुन लागेको हो त?

हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्