मुख्य बुँदा:
- बुलिइङमा एक वा सो भन्दा धेरै व्यक्ति सामेल हुन सक्छन्, र सामान्य चिढाउन गरिने हानिरहित भनिएको व्यवहार पनि बुलिइङ हुन सक्छ।
- बुलिइङ रोकथाम र प्रतिक्रियाका लागि स्कुलहरूमा प्रक्रियाको विकास गरिएको हुन्छ।
- अस्ट्रेलियामा साइबर बुलिइङलाई रिपोर्ट गर्न सकिन्छ।
बुलिइङ वा अरूलाई गिज्याउने व्यवहार विभिन्न रूपमा आउँछ भने यसले पुर्याउने हानि को स्तर पनि फरक हुन्छ। परिस्थिति जस्तोसुकै भए पनि यसलाई हल्का रूपमा लिन नहुने विज्ञहरू बताउँछन्।
युनिभर्सिटी अफ साउथ अस्ट्रेलिया अन्तर्गतको एजुकेसन फ्युचर्स विभागकी डा डेब्रा ग्रीन, बुलिइङले दीर्घकालीन असर पुर्याउने बताउँछिन्।
यी असरहरू पीडितलाई मात्र नभएर समाजमा नै पर्ने र यो असर भनेको परामर्श समर्थन र उपचार आवश्यकताहरूको लागि हुने खर्चसँग जोडिने उनको भनाइ छ।
अस्ट्रेलियामा कक्षा चार देखि नौमा पढ्ने चार मध्ये एक विद्यार्थीहरूले आफू केही हप्ताको अन्तरालमा वा त्यो भन्दा धेरै बुलिइङको सिकार हुने गरेको रिपोर्ट गरेका छन्।डा डेब्रा ग्रीन, युनिभर्सिटी अफ साउथ अस्ट्रेलिया
बुलिइङले समाजलाई २३ लाख अस्ट्रेलियन डलर खर्च गराउने गरेको रिपोर्टले देखाउने गरेको ग्रीनको भनाइ छ।

बुलिइङ र साइबर बुलिइङ भनेको के हो?
कस्तो किसिमको व्यवहार चाहिँ बुलिइङमा गनिन्छ र यो कसरी हानिरहित चिढाउने व्यवहारभन्दा फरक हुन्छ?
ग्रीन भन्छिन् अस्ट्रेलियामा बुलिइङलाई यसरी व्याख्या गरिन्छ, "सम्बन्धमा निरन्तर र जानाजानी शक्तिको दुरुपयोग गरेर मौखिक, शारीरिक र/वा सामाजिक व्यवहार मार्फत हानि पुऱ्याउने चाह राख्नु हो। यसमा एक व्यक्ति वा समूहले एक वा धेरै व्यक्तिहरूमाथि आफ्नो शक्तिको दुरुपयोग गर्न सक्छन्।"
उनी भन्छिन्, बालबालिकाहरू बिच चञ्चल पाराले एक अर्कालाई जिस्क्याउने व्यवहार र बुलिङ बिचको फरक भनेको बुलिइङमा हानी गर्ने उद्देश्य, शक्ति असन्तुलन र यो व्यवहार दोहोरिरहन्छ।
तर डा ग्रीन हालैको अनुसन्धानलाई उद्धृत गर्दै यी दुईलाई छुट्टाउने रेखा धमिलो हुनसक्ने भन्दै सचेत गराउँछिन्।

अनलाइन बुलिइङलाई कसरी रिपोर्ट गर्ने?
पौल क्लार्क ईसेफ्टी कमिस्नरको एजुकेसन, प्रिभेन्सन र समावेशीकरणका एक्जुकेटिभ म्यानेजर हुन्। ईसेफ्टी कमिस्नर अनलाइनमा हुने बुलिइङ वा दुर्व्यवहारको अनुभव गरिरहेका अस्ट्रेलियनहरूलाई सहयोग गर्ने सरकारी एजेन्सी हो।
क्लार्क साइबर बुलिइङको घटना हुँदा आवश्यक पर्ने मुख्य कार्यहरूको रूपरेखाका साथै ईसेफ्टी को प्रवेश कति बेला हुन्छ त भन्ने बारे बताउँछन्।
यदि कुनै बच्चाले साइबर बुलिइङ भोगिरहेको छ भने, स्क्रीनसट लिनुहोस्, बच्चालाई उक्त बुलिइङ हुने वेबसाइटको अकाउन्टहरूलाई ब्लक वा म्युट गर्न सहयोग गर्नु अघि त्यसको लिङ्कहरू टिप्नुहोस्।
र यदि त्यही प्लेटफर्मलाई यसबारे रिपोर्ट गर्दा यसको विरुद्ध कुनै कदम चालिएन भने, esafety.gov.au मा रिपोर्ट गर्ने, यसपछि हामीसँग त्यस्ता गम्भीर हानी पुर्याउने किसिमका सामग्रीलाई हटाउने अधिकार आउँछ।
साइबर बुलिइङ खराब कमेन्टहरूमा मात्र सीमित नहुन सक्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
ईसेफ्टीमा रिपोर्ट गरिएका गम्भीर किसिमका साइबर बुलिइङहरूको उदाहरण दिनु पर्दा, दुरुस्तै नक्कली अकाउन्ट बनाउने, हिंसाको धम्की, विद्यार्थीहरूद्वारा आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को प्रयोग गरि यौन जन्य सामाग्री बनाउने र त्यसले अरू विद्यार्थीहरूलाई बुलिइङ गर्ने इत्यादि रहेका छन्।
तर बुलिइङका रिपोर्टहरू आउँदा ईसेफ्टी अनुसन्धानकर्ताहरूले यस्ता व्यवहारमा प्रयोग गरिएका सामग्री र त्यसको पृष्ठभूमिबारे जाँच गर्छन् र साँच्चिकै बुलिइङ भएको हो कि हैन भनेर निर्धारण गर्छन्।
रोकथामका प्रयास
डा ग्रीन र डा कार्मेल टाडियो एकसाथ 'बुलिइङ नो वे' टोलीको लागि अनुसन्धान परियोजनामा काम गर्छन्। यो एक अस्ट्रेलिया-व्यापी सरकारी पहल हो जसले स्कुलहरूलाई बुलिइङ रोकथाममा सहयोग गर्ने गर्छ।
डा टाडियो भन्छन् प्रत्येक विद्यालयमा बुलिइङ रोकथाम रणनीतिहरू भएको अपेक्षा गरिन्छ र यस अन्तर्गत भिन्न स्कुलहरूमा फरक किसिमका नीतिहरू राखिएका हुन्छन्।
यसमा लैङ्गिक विविधता, असक्षमता वा अपाङ्गता, जाति र धार्मिक आस्थाहरू बारे चेतना जगाउने पनि समावेश हुन्छन्।
साथै विद्यालयहरूमा बुलिइङ भएको रिपोर्ट गर्ने वा जानकारी दिने साथै प्रभावित विद्यार्थीलाई समर्थन प्रदान गर्ने स्पष्ट प्रक्रिया हुन्छन्।
कुनै पनि साइबर बुलिइङ शङ्कास्पद वा पुष्टि भएको अवस्थामा, क्लार्कले आमाबाबुलाई आफ्नो बच्चालाई डिभाइसहरू नै चलाउन नदिने चाहिँ गर्नु नहुने सुझाव दिएका छन्।
यसबाट बालबालिकाले भविष्यमा सहयोग नमाग्ने अवस्था आउन सक्ने भएकोले यसको सट्टा बच्चालाई यो अवस्थाबाट बाहिरिन साथ दिने साथै भावनात्मक समर्थन दिनु पनि महत्त्वपूर्ण हुन्छ।

उनी भन्छन् सामान्यतया बुलिइङ भएको रिपोर्ट गरिएपछि यस सम्बन्धी सम्पूर्ण जानकारी सङ्कलन गरिन्छ र विद्यार्थीको कल्याणलाई ध्यानमा राख्दै यस्तो घटनामा कसरी हस्तक्षेप गर्ने भन्ने बारे काम गरिन्छ।
केही मामिलामा अभिभावकहरूसँगको छलफल पछि विद्यार्थीहरूलाई विज्ञहरूसँग समर्थन र सेवाहरू लिन पठाइन्छ।
"यदि अभिभावक वा विद्यार्थी कसैलाई विद्यालयले चालेका कदम चित्त बुझ्दो लागेन भने शिक्षा विभागको गुनासो व्यवस्थापन लाइनमा फोन गर्न सक्छन्", डा टाडियो भन्छन्।
अभिभावक वा स्याहारकर्ताले चाहिँ के गर्ने?
जब एक बच्चाले आफूले दुर्व्यवहार भोगेको खुलाउँछन्, अभिभावक-हेरचाहकर्ताले विभिन्न किसिमका भावनाहरू अनुभव गर्नु सामान्य भएको डा टाडियोको भनाइ छ।
तर यसबिच पनि बच्चालाई तपाईँ उसको साथ र समर्थनमा रहेको सुनिश्चित गराउनु भने महत्त्वपूर्ण हुन्छ।
डा टाडियो कसरी शान्त रहने र स्कुलको रिपोर्ट गर्ने प्रक्रियामा जाने भन्ने बारे केही व्यवहारिक 'टिप्स' दिन्छन्।

"अभिभावक-हेरचाहकर्ताले बच्चाको शिक्षक वा स्कुल काउन्सिलर जस्ता उचित व्यक्तिहरूसँग भेट्नको लागि अनुरोध पठाउनु पहिलो कदम हो।"
साथै घटनाको सविस्तार टिपोट दिने, गोपनीयताका बारेमा प्रश्न सोध्ने र के कस्ता समर्थन सेवाहरू उपलब्ध रहेका छन् भन्ने बारे पनि सोध्नु पर्छ।
उनका अनुसार यी सम्पूर्ण प्रक्रियाका लागि कति समय लाग्छ भन्ने सोध्नु र प्रत्येक भेटका बारेमा महत्त्वपूर्ण कुराहरूको टिपोट राख्नु पनि महापूर्ण हुन्छ।
कुनै पनि साइबर बुलिइङ शङ्कास्पद वा पुष्टि भएको अवस्थामा, क्लार्कले आमाबाबुलाई आफ्नो बच्चालाई डिभाइसहरू नै चलाउन नदिने चाहिँ गर्नु नहुने सुझाव दिएका छन्।
यसबाट बालबालिकाले भविष्यमा सहयोग नमाग्ने अवस्था आउन सक्ने भएकोले यसको सट्टा बच्चालाई यो अवस्थाबाट बाहिरिन साथ दिने साथै भावनात्मक समर्थन दिनु पनि महत्त्वपूर्ण हुन्छ।

जेमी केन्डल किड्स हेल्प लाइनका परामर्शदाता हुन्। किड्स हेल्प लाइनले पाँच वर्ष वा सो भन्दा बढी उमेरका बालबालिकालाई नि:शुल्क २४ घण्टा सातै दिन टेलिफोन सेवा र अनलाइन परामर्श सेवा दिन्छ।
र उनी बुलिइङको प्रतिक्रिया रणनीतिमा उक्त स्थान छाडेर हिँड्ने, त्यस्ता व्यवहारलाई हाँसेर टार्ने वा यस्तो व्यवहार गर्ने व्यक्तिलाई वास्ता नगर्ने पर्ने बताउँछन्। तर यो छोटो समयका लागि ठिक भए पनि उनी बालबालिकालाई वयस्कहरूको सहयोग लिन प्रोत्साहित गर्छन्।
"वयस्कहरूबाट सहयोग लिनु अघि आफैले कुराहरू मिलाउन खोज्नु एकदम सामान्य हो। तर कहिलेकाहीँ वयस्कहरूलाई कहिले भन्ने त भनेर थाहा नहुन सक्छ।"
त्यसैले यस्ता व्यवहार सुरु हुने बित्तिकै आफ्ना कुरा कसैलाई भन्नु नै समर्थन पाउने सबैभन्दा उत्तम बाटो भएको केन्डलको भनाइ छ।
बुलिइङको अनुभवलाई सामना गर्न सशक्त बनाउनका लागि भने वयस्क व्यक्तिले बच्चालाई के भएको हो भनेर आफ्नो भनाइ राख्ने अवसर दिनु पर्ने केन्डलको भनाइ छ।
र कहिलेकाहीँ अभिभावकले बच्चालाई हालखबर सोध्दा उनीहरूले सबै ठिक भएको बताए पनि यदि बच्चाले दुर्व्यवहारको सामना गरिरहेको जस्तो लाग्यो भने विद्यालय र शिक्षकहरूलाई पनि यसमा सामेल गराउन सकिन्छ।
"हामी दुर्व्यवहारको अनुभव गरिरहेका युवाहरूलाई मद्दत गर्न समुदायको रूपमा काम गर्न सक्छौँ। यसमा केवल एक व्यक्तिसँग मात्र कुरा गर्नु पर्छ भन्ने छैन।"

- प्रत्येक राज्य तथा प्रदेशमा रहेका विद्यालय अधिकारीहरूको सूची र बुलिइङ रोकथाम र प्रतिक्रिया नीतिका लागि यो लिङ्कमा जानुहोस् https://bullyingnoway.gov.au/responding-to-bullying/legislation-and-policy
- साइबर बुलिइङ समर्थन र जानकारीका लागि https://www.esafety.gov.au आफ्नो भाषामा स्रोत पाउन https://www.esafety.gov.au/parents/resources/online-safety-for-every-family
- किड्स हेल्प लाइन अस्ट्रेलियाको नि:शुल्क गोप्य सातै दिन २४ घण्टा चालु रहने अनलाइन सेवा हो जसमा ५ देखि २५ वर्षका युवाहरूका लागि फोन परामर्श सेवा दिइन्छ। १८०० ५५ १८०० मा फोन गर्नुहोस् वा यो वेबसाइटमा जानुहोस्: https://kidshelpline.com.au








