मेलबर्नमा गत वर्ष एक सडक दुर्घटनामा एक नेपाली दम्पतीको मृत्यु भए पछि हालै एक २५ वर्षीय युवकलाई १२ वर्ष भन्दा लामो जेल सजाय सुनाइएको छ। पन्ध्र मे, २०२३ मा सन्तोष अधिकारी र उनी श्रीमती प्रतिमा थापा अधिकारीको राति काम सकेर घर जाने क्रममा मृत्यु भएको थियो। अदालतको फैसला आए तापनि, नेपालमा रहेका परिवारलाई आर्थिक क्षतिपूर्ति दिलाउने प्रक्रियामा भने कठिनाइ भइरहेको अधिकारीका आफन्तले एसबीएस नेपालीलाई बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





