हाल क्यानबेरामा बसोबास गर्दै आइरहेका अर्थशास्त्री डाक्टर कृष्ण हमाल पहिलो पटक सन् १९७९ अगस्ट महिनामा आर्माडेलमा छात्रवृत्तिमा पढ्न आएका थिए। पढाई सक्काएर नेपाल फर्किएपछि क्यानडा हुँदै अस्ट्रेलियाको राजधानी क्यान्बरामा सरकारी जागिर खान भने उनी सन् १९९० को दशक आइपुगेका थिए। हमालसँगको कुराकानीको यो दोस्रो भागमा खानपिन, अन्य समुदायका मानिसहरूसँगको सम्बन्ध विस्तारका साथै क्यान्बरा लगायत अस्ट्रेलियाभरका नेपालीहरूले यहाँ आइसकेपछि के गरे ‘लाइफ’ सजिलो हुन्छ अनि स्थानीय कानून यहाँ आउने प्रवासीले किन राम्ररी बुझ्नै पर्छ भन्ने बारे उनका अनुभव तथा सुझावहरू सुन्नेछौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)