Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कोरोनाले मुटुमा पार्ने दीर्घकालीन असरका बारेमा अनुसन्धान हुने

Researchers at Baker Heart and Diabetes Institute are looking at medications to prevent the progression of heart failure

Researchers at Baker Heart and Diabetes Institute are looking at medications to prevent the progression of heart failure Source: SBS

कोरोना भाइरस सङ्क्रमणबाट निको भएका मानिसहरूमा दीर्घकालमा मुटु सम्बन्धी आउन सक्ने समस्याका बारेमा अध्ययन गर्न मेलर्वनमा अनुसन्धान केन्द्र स्थापना हुने भएको छ ।


Published

Updated

Source: SBS




Share this with family and friends


कोरोना भाइरस सङ्क्रमणबाट निको भएका मानिसहरूमा दीर्घकालमा मुटु सम्बन्धी आउन सक्ने समस्याका बारेमा अध्ययन गर्न मेलर्वनमा अनुसन्धान केन्द्र स्थापना हुने भएको छ ।


मेलर्वनको पश्चिमी क्षेत्रमा निर्माण हुन लागेको उक्त अनुसन्धान केन्द्रले आप्रवासी समुदायमा मधुमेह,मोटोपना र हृदय रोगको बढ्दो जोखिम बारेमा पनि अध्ययन गर्नेछ ।

६५ बर्सिया भियतनामी मूलका फुक बोई का टाइप टु मधुमेहबाट मुटुमा पर्ने गम्भीर जोखिमको निवारणमा प्रयोग हुने औषधिको अनुसन्धान प्रक्रियामा सरिक भएका एक व्यक्ति हुन् । 

उनी आफ्नो स्वास्थ्यमा निकै ध्यान पुर्‍याउँछन् ।

उनी भन्छन् “बृद्धा अवस्थामा कतिपय प्रक्रिया सुधार हुने साटो खराब हुँदै जान्छन् तर म यो खराब हुने प्रक्रियालाई ढिला गर्न चाहन्छु ।”

औषधिको अनुसन्धान मेलर्वनको पश्चिमी क्षेत्र हुर्पस क्रसिङमा रहेको बेकर हार्ट एन्ड डायबेटीक इन्च्टीच्यूटले गरिरहेको छ । 

स्थानीय सरकारी क्षेत्र विन्डमका आधा भन्दा बढी बासिन्दा विदेशमा जन्मिएका मानिसहरू छन् ।

तिनीहरू १ सय ६० भन्दा बढी मुलुकबाट त्यहाँ बसाई सरेका हुन् ।

Pharmacist Checking Customer's Blood Sugar Levels
A pharmacist checking a customers blood sugar levels with an insulin pen. Source: Digital Vision

विन्डममा भिक्टोरियामै सबैभन्दा बढी मधुमेह रोगका बिरामी छन् ।

बेकर इन्स्टीच्यूटका निर्देशक प्रोफेसर टम मार्वीक उक्त क्षेत्र मुटु रोगका बिरामीका लागि पनि बढ्दो जोखिमको क्षेत्र रहेको बताउँछन् ।

उनी भन्छन् “विन्डम हृदय घातका लागि अस्ट्रेलियाको राजधानी हो भन्दा पनि हुन्छ,हाम्रो उद्देश्य भनेको जोखिममा रहेका व्यक्तिहरूलाई नयाँ अनुसन्धानबाट प्राप्त नतिजाहरूको प्रयोग गर्ने हो ।”

बेकर इन्सटीच्यूटकी डाक्टर अमिरा हलावि केही निश्चित जाती वा समुदायमा रोग बढी हुने सम्भावना रहेको बताउँछिन् । 

केन्द्रले कोरोना भाइरसबाट निको भएका मानिसहरूमा मुटुको कार्यमा आउने परिवर्तनका बारेमा पनि अध्ययन गर्ने योजना बनाएको छ ।

प्रोफेसर मारविक भन्छन् मुटुका कोठा र रक्त्तनलिहरुमा भाइरसबाट हुने क्षतिका बारेमा अध्ययन हुनेछ । 

अध्ययनमा सहभागीताका लागि धेरै मानिसहरू विन्डमबाटै लिइनेछ ।

heart function stress test
Experts are concerned about masked hypertension - when testing fails to detect high blood pressure. (AAP) Source: AAP

त्यस क्षेत्रमा अस्ट्रेलियाका अन्य काउन्सिल भन्दा सबैभन्दा बढी अर्थात् २२ सय ६० वटा कोरोना सङ्क्रमणका केस पुष्टि भएका थिए । 

अनुसन्धानको उद्देश्य कोरोना सङ्क्रमणबाट निको भएका मानिसहरूको मुटुमा पर्न सक्ने गम्भीर असर वा क्षति रोक्न डाक्टरहरूलाई मद्दत गर्नु हो ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now