मुटु सम्बन्धी रोगको बढ्दो जोखिममा अस्ट्रेलियाली आदिवासी

heart attack

心臟病發作原來與膽固醇有莫大關係。 Source: Getty Images

अस्ट्रेलियाका आदिवासी समुदायमा प्राणघातक मुटु सम्बन्धी समस्या बढ्दो क्रममा रहेको चिकित्सकहरूले बताएका छन् । ग्रामीण क्षेत्रमा रहने आदिवासीका लागि स्वास्थ्य सेवाका विकल्पहरू कम हुँदा रोगको पहिचान र निदानमा ढिलाइ भइरहेको छ ।


 

प्रमुख बिषय

  • रोग थाम गर्न सकिने मुटु सम्बन्धी समस्याले धेरै आदिवासीहरू पीडित
  • ग्रामिण भागमा बस्ने आदिवासीलाई स्वास्थ्य सेवामा कम विकल्प
  • निदानका लागि धेरै रकम छुट्टाउनु जरुरी रहेको डाक्टरहरुको भनाइ

 

एउटा कम सुनिएको वा अज्ञात रोग जसले हाल अधिक मात्रामा मानिसहरूलाई सताइरहेको छ  र अस्ट्रेलियाली आदिवासीहरू यसको सबैभन्दा ठुलो जोखिममा परेका छन् ।

 

ऱ्युमयाटिक हर्ट डिजिज अर्थात् रोग थाम गर्न सकिने मुटु सम्बन्धी समस्याले हाल धेरै आदिवासीहरू पीडित बन्दै गई रहेका छन् ।

Brown family at Parliament House
Two of the three Brown boys from Maningrida, who suffer from rheumatic heart disease, at Parliament House in Canberra Source: Supplied

उपचार सम्भव भएको तर घातक मानिने मुटु रोगबाट पीडित दयनाह भन्छिन् यो रोगले उनको जीवन परिवर्तन गरिदिएको छ । उनी अब खेलहरू खेल्न र उनकै उमेरका अन्य साथी सँगी जस्तै दौडन सक्दिनन् ।

 

“म सात वर्ष की थिए जब एक दिन आफ्नो बेड बाट उठ्न सकिन र मेरो शरीरको एक भाग चलेन यस्तो भान भयो कि मलाई मस्तिष्क घात भएका छ। ” उनले भनिन् ।

 

र त्यसयता उनी अस्पताल नियमीत  धाउनु पर्ने स्थितिमा छिन् ।

Moree teenager Dayannah Baker-Barlow has rheumatic heart disease.
Moree teenager Dayannah Baker-Barlow has rheumatic heart disease. Source: SBS

उनकी आमा हाना बेकर बार्लो आफ्नी छोरी निकै भाग्यमानी भएर बचेकी ठान्छिन् ।

 

दयनाह न्यू साउथ वेल्स राज्यको सुदूर पश्चिममा पर्ने सहर मोरीमा बस्छिन् ।

 

सामान्य ब्याक्टेरियाको सङ्क्रमणबाट उनमा रोगको सुरुवात भएको हो ।

 

सङ्क्रमणको प्रतिक्रिया स्वरूप शरीरको प्रतिरक्षा प्रणालीले ज्वरोको विकास गर्‍यो जसलाई चिकित्सकीय भाषामा ऱ्युमाटी फिबर वा ऱ्युमाटिक हार्ट डिजिज भनिन्छ ।

 

बाल चिकित्सा नर्सका रूपमा कार्यरत हेलेन स्टीभन्स दुर्लभ प्रतिरक्षा प्रतिक्रिया द्वारा हुने

 

रिजनल न्यू साउथ वेल्समा रहनुको अर्थ स्वास्थ्य सेवामा कम विकल्प हुनु हो ।

 

तर गत महिना बालबालिकाको मुटु सम्बन्धी रोगका  विशेषज्ञ यार्सा केर, दयनाहको उपचारका लागि मोरे पुगे ।

 

खेर भन्छन् उनको जाँच पछि  मुटुको भल्भमा समस्या रहेको देखियो जसका कारण रगत मुटुको च्यामबर भित्रै फर्की रहेको थियो ।

 

रिजनल क्षेत्रमा डाक्टर खेरको यो भ्रमणले दयनाह जस्ता थुप्रै मुटुको रोग लिएर बाचीरेहकाहरु अवस्थामा सुधार गरेको छ । लामो यात्रा गरेर अस्पताल धाउनु पर्ने स्थिति,  आउँदा दिनमा झनै झन्झटिलो हुन सक्दथ्यो ।

 

हाल करिब ५ हजार भन्दा बढी आदिवासी ऱ्युमाटीक हर्ट डिजिजबाट पीडित छन् यो समस्या यो दशकमा दोब्बर हुने अनुमान गरिएको छ ।

Heart Disease in Australia
Mshtuko wa moyo ni sababu kubwa ya vifo nchini Australia Source: Flickr

यो रोग फैलँदै गयो भने यसले ६ सय ५० भन्दा बढी मानिसको ज्यान लिने अनुमान गरिएको छ भने सन् २०३० सम्म १३ सय भन्दा बढी मानिसले यसको उपचारका लागि शल्यक्रियाको साहयता लिनु पर्ने हुने बताइन्छ ।

 

डाक्टर खेर ग्रामीण र क्षेत्रीय भूभागमा रहेका मानिसहरूको मुटु सम्बन्धी  समस्या निदानका लागि धेरै रकम छुट्टाउनु जरुरी रहेको बताउँछन् ।

 

उनी भन्छन्  “अस्ट्रेलियामा ऱ्युमाटिक हर्ट डिजिजको खतरा अन्य मुलुक भन्दा उच्च छ, यसको निवारण सम्भव छ,यो रोगलाई उन्मुलन गर्नेमा प्रयास गर्नु पर्दछ । ”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now