तपाईँ अस्ट्रेलियामा बस्नु हुन्छ भने तपाईँले 'केयरर' भन्ने शब्द सुन्नु भएको नै होला। केयरर अर्थात् स्याहारकर्ता भनेर ती व्यक्तिहरूलाई चिनिन्छ जसले अशक्तता, मानसिक समस्या वा कुनै किसिमको स्वास्थ्य समस्या भएका व्यक्तिहरूको स्याहार गर्दछन्। यस्तै केयररहरूको अनुभव सँगालेर अस्ट्रेलिया सरकार अन्तर्गत रहेको 'केयरर गेटवे'ले 'रियल केयरर्स रियल स्टोरिज - इन देयर ओन वर्ड्स' नामक एक डिजिटल फोटो प्रदर्शनी गरेको छ। त्यसमा एडिलेडकी आकृति क्षेत्रीलाई पनि देख्न सकिन्छ। छ वर्ष अघि विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी क्षेत्री, हाल एडिलेडको एक एज्ड केयरमा कम्युनिटी प्रोजेक्ट अफिसरको रूपमा कार्यरत छिन्। उनी सिड्नीमा रहेका आफ्ना दुई जना साथीहरूको केयरर हुन्। केयरर हुँदाको आफ्नो अनुभव र यसरी कसैलाई स्याहार गरिरहेका मानिसहरूका लागि केही सल्लाह सुझाव सहित क्षेत्रीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





