प्याटी किकोसको एक अनुभवी परामर्शदाता वा काउन्सेलरका साथै सामाजिक कार्यकर्ता पनि हुन्।
आफैँ पनि एक स्याहारकर्ता रहेकी किकोस,’केरर कन्भर्सेसन्स’ भन्ने पोडकास्टको प्रस्तोता पनि हुन्।
बेनोभोलेन्ट सोसाइटी र अस्ट्रेलिया सरकारद्वारा प्राप्त अनुदानबाट चलेको केरर गेटवे नामक स्याहारकर्ताहरूलाई सहयोग दिने सञ्जालले यो पोडकास्ट निर्माण गरेका हुन्।
हेरचाहकर्ताको जिम्मेवारी कसैमाथि एक्कासि आई पर्छ जस्तो कि कुनै दुर्घटनामा आफन्त पर्दा वा ठुलो रोग लागेको पत्ता लागेपछि।
“हेरचाहकर्ता बन्नका लागि कसैले आवेदन दिँदैनन्, एक्कासि अकल्पनीय ढङ्गबाट यो भूमिका निर्वाह गर्नु पर्ने हुन सक्छ” उनले भनिन्।

स्याहारकर्ताको भूमिका शारीरिक वा भनौँ व्यक्तिगत कामहरूका लागि सहयोग पुर्याउने मात्र नभई, भावनात्मक र सामाजिक काममा हात बटाउने पनि हो।
सामान्यतया, लुगा लगाउन, नुहाउन, दिसा पिसाब गराउन , खाना खुवाउन, लगायत औषधिहरूको प्रबन्धन जस्ता स्याहारकर्ताहरूले गरिदिने गर्छन्।
यस बाहेक समय लिएर जानुपर्ने ठाउँ, ब्याङ्क सम्बन्धी काम वा अन्य आपतको बेला पनि स्याहारकर्ताहरूले मद्दत गर्न सक्छन्।
अरूलाई स्याहार गरेर बस्ने कामका लागि निकै ठुलो प्रतिबद्धताको आवश्यकता पर्छ।
प्रायः लामो समय, प्रतिबद्ध भएर बस्नुपर्ने भएकाले समयसँगै यो काम धेरै बोझिलो पनि बन्दै जान्छ।
“यदि तपाई हेरचाहकर्ता वा स्याहारकर्ताको भूमिकामा जाँदै हुनुहुन्छ भने, तपाईँका व्यक्तिगत जीवनमा ठुलो परिवर्तन आउँछ, तपाई एक्कासि छोरी, श्रीमती वा आमाबाट हेरचाहकर्ता बन्न सक्नुहुन्छ,।” किकोस भन्छिन्।

स्याहारकर्ताका लागि उपलब्ध रहेका सेवाहरू
अरूको स्याहारमा जीवन समर्पण गरिरहेकाहरूले आफ्नो लगानीलाई अन्देखा गर्दा उनीहरू यस्तो बोझिलो कामका कारण आउन सक्ने सम्भावित समस्याहरूलाई पनि वास्ता गरिरहेका हुँदैनन्।
एक स्याहारकर्ताको रूपमा तपाईँलाई समुदायमा आफूजस्ता स्याहारकर्ताहरूका लागि के-कस्तो सुविधा छ भनेर पनि थाहा नहुन सक्छ।
भावनात्मक तनाव, आर्थिक कठिनाइ, सामाजिक एक्लोपना अनि एक स्याहारकर्ताको भूमिका निभाउँदा आउने व्यावहारिक बोझहरू सामना गर्न मद्दत गर्न सहयोग सेवाहरू छन् भन्ने तपाईँलाई थाहा नहुन सक्छ।
कोही पाक्षिक रूपमा भत्ता पाउन योग्य हुन सक्छन् भने अरूले सर्भिसेस अस्ट्रेलिया, सेन्टर लिङ्क, माइ एज्ड केअर वा एनडीआइएस भनिने राष्ट्रिय अपाङ्गता बिमा योजनाबाट सहयोग पाउन सक्छन्।

एज्ड पेन्सनको भुक्तानीसँग तुलना गर्न मिल्ने यी भत्ताहरू स्याहार पाउने र स्याहार दिनेकोको आय अनि सम्पत्तिमा निर्भर हुन्छ।
तर आय परीक्षण बिना पनि अन्य निःशुल्क सेवाहरू उपलब्ध हुन सक्छन् जुन स्याहारकर्ताहरूले केरर गेटवे मार्फत प्राप्त गर्न सक्छन्।
“यहाँको नेशनल केरर गेटवेको राष्ट्रिय नम्बरमा फोन गर्दा स्थानीय सेवा प्रदायकसँग जोडिन सकिन्छ, त्यहाँ जहाँबाट तपाईँले आकस्मिक अवस्थामा उपलब्ध हुने सहयोग वा स्याहारकर्ता केन्द्रित सेवा, काउेन्सीलिङ्ग कोचिङ लगायत युवा स्याहारकर्ताका लागि पनि विशेष सेवाहरू उपलब्ध छपाउन सक्नुहुन्छ,” उनले भनिन्।
“यसबाहेक नियमित रूपमा स्याहारकर्ताको भूमिका अभिवृद्धि गर्न कार्यशाला, योगा, मेडीटेसन्, आर्ट थेरापी जस्ता कार्यक्रमहरू भइरहेका हुन्छन्।”
यस्ता केअर प्याकेजहरू एक आपसमा भेटेरै वा , फोन अथवा भिडियो कल मार्फत उपलब्ध हुन्छ।

इराकमा जन्मिएकी हिया अलही केरर गेटवेमा विगत दुई वर्ष देखि प्रशिक्षकका रूपमा कार्य गर्दै आएकी छन्।
व्यक्तिगत रूपमा आफैले पनि एक गम्भीर दुर्घटना पछि स्याहार पाएकाले उनी अन्य स्याहारकर्तालाई मद्दत गर् लालायित हुन्छिन्।
“जब स्याहारकर्ताहरूले आफ्नो भूमिका बारेमा म सँग कुरा गर्छन्, मलाई स्याहारेकी आमाले भोगेको कुरा सम्झन्छु, ” उनले भनिन्।
“स्याहार खोज्नेहरूका लागि त माइ एज्ड केयर, एनडिआईएस जस्ता संस्थाहरूले सहयोग गर्छन्, तर केरर गेटवेले भने स्याहारकर्ताहरूलाई केन्द्रमा राखेको छ।”

केरर गेटवेले आकस्मिक रूपमा स्याहारकर्तालाई अन्य काममा जानु पर्ने अवस्थामा उपलब्ध गराउने सहयोग लगायत यातायात वा सरसफाइ जस्ता कुरामा समेत मद्दत गर्छ।
एकोहोरो रूपमा एउटै काम गर्दा हुने ‘बर्न आउट’ लाई सम्बोधन गर्न यस्तो सहयोगका उपायहरू उपलब्ध गराइएको उक्त संस्थाको भनाई छ।
हाया जस्ता सबै किसिमका पृष्ठभूमिका स्याहारकर्ताहरू मद्दतका उपलब्ध छन्।
हायाका अनुसार आप्रवासी समुदायका थुप्रै स्याहारकर्ताहरूले आफ्नो क्षमतालाई राम्ररी चिनेका हुँदैनन् र आफ्नो व्यक्तिगत स्याहार-सम्भारलाई बेवास्ता गर्छन्।
“सुरुका एक-दुई सेसनहरूमा प्रशिक्षण र सशक्तीकरणको महत्त्वका बारेमा उनीहरूलाई बुझाउनु पर्ने हुन्छ, अरूको सहयोग गर्नका लागि आफै कसरी सबैभन्दा राम्रो बन्ने भन्ने बारेमा पनि हामी सिकाउँछौ,” हाया भन्छिन्।
“कतिपयमा भने आशक्तता भएका पारिवारिक सदस्यहरूलाई स्याहार गर्दा लाज वा कंलक महसुस गरेको भावना पनि पाइन्छ, जुन अर्को चुनौती हो।”

वृद्ध आफन्त वा पारिवारिक सदस्यहरूलाई स्याहार प्रदान गर्दै आइरहेका मानिसहरूलाई भने अस्ट्रेलियन केरर्रस गाइड नामक त्रैमासिक पत्रिकाले पनि धेरै सूचना वा जानकारी दिन सक्छ।
कुनै समय आफ्ना वृद्ध अभिभावकको स्याहार गर्ने कामका सिलसिलामा अलमलिएका पल कुरीई पत्रिकाको सुरुवात गरेका हुन्।
“स्याहारको संसारमा छिर्दा कसैसँग पनि के गर्ने भन्ने हा हुँदैन,;, हामीले यसको प्रकाशन सुरु गर्नुको उद्देश्य चाहिँ अझै पनि स्याहारकर्ताहरूको, कदर गरिएको छैन, उनीहरू उपेक्षित छन् भनेर हो,” कुरीइले भने।
“पत्रिकामाआवश्यक सबै सेवाका बारेमा जानकारी राखिएको छ।”

प्याटी किकोस पनि कुरीइको भनाइसँग सहमत छिन्।
उनी भन्छिन् कि स्याहारकर्ताको हेरविचार पनि आवश्यक छ।
स्याहारकर्ताहरू आफ्नो समुदायमा घुलमिल हुन र आफू जस्तै अन्य मानिसहरूका बारेमा जान्न महत्त्वपूर्ण रहेको बताउँछिन्।
“विचार मिल्ने मानिसहरूका बिचमा बस्नु पनि निकै महत्त्वपूर्ण छ,” उनले भनिन्।
यो पनि पढ्नुहोस्

अस्ट्रेलियामा बसोबास: बालबालिकाका अधिकारहरू







