जुवाको लतका समस्याहरू कम गर्न सरकारले थप कदम चाल्नु पर्ने आवाजहरू उठिरहेका छन्। जुवा खेल्ने ठाउँहरूबाट आफूले आफैलाई वञ्चित गर्ने अर्थात् 'सेल्फ-एक्सक्लुजन' गर्ने अस्ट्रेलियनहरूको पछिल्लो तथ्याङ्कले जुवाको लत एक जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको चेतावनी दिएको छ। जुवाका कारण समस्यामा पर्नेहरूमा बहु सांस्कृतिक तथा विविध पृष्ठभूमिका मानिसहरू पनि रहेका छन्। मेलबर्नस्थित नेपाली युवा समूह मेलबर्न नेपाल इन्कका संस्थापक शैलेश घिमिरे भन्छन् कि नेपाली समुदायका युवाहरूमा पनि यो प्रवृत्ति देखिने गरेको छ। घिमिरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




