मेलबर्न: जनसङ्ख्याको हिसाबले अस्ट्रेलियाको सबैभन्दा ठुलो शहर

On Running OAC Oceania Launch in Melbourne, Australia - 22 Feb 2023

Melbourne has been named Australia's biggest city. (Photo by Alexander Bogatyrev / SOPA Images/Sipa USA) Credit: SOPA Images/Sipa USA

जनसङ्ख्याको हिसाबले भिक्टोरियाको मेलबर्न अस्ट्रेलियाको सबैभन्दा ठुलो शहर बन्न सफल भएको छ।


अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) का अनुसार ५० लाख भन्दा बढी जनसङ्ख्या सहित मेलबर्नले सिड्नीलाई जित्न सफल भएको हो।

यो समाचारले मेलबर्नको फोकनरमा बस्ने दुर्गा उप्रेतीलाई पनि हर्षित तुल्याएको छ।

करिब १३ वर्षको मेलबर्न बसाइँका क्रममा उनले नेपाली मात्र नभएर अन्य समुदायका मानिसहरूको उपस्थिति पनि बढेको अनुभव गरेकी छिन्।

“जनसङ्ख्या बढ्नु भनेको डिभल्प्मेन्ट पनि हुनु हो नि त, त्यही अनुसारको रोजगारीको अवसर पनि बढ्दै जान्छ, यो त निकै राम्रो कुरा हो,” उप्रेतीले भनिन्।

“आर्थिक हिसाबले पनि राम्रो हो जस्तो हो लाग्छ।”

यता सन् २०१६ मा एडिलेडको १० बर्से बसाई पछि मेलबर्न सरेका पवन थपलियालाई पनि जनसङ्ख्याको हिसाबले मात्र नभएर बस्न लायक सहरका रूपमा मेलबर्नलाई वर्गीकृत गरिँदा निकै खुसी लागेको छ।

Melbourne City
Melbourne'da son 24 saatte 9 vaka tespit edildi. Credit: Melbourne City Council

एबीएसले शहरी क्षेत्रको जनघनत्वलाई नाप्न विभिन्न विधिहरूको प्रयोग गरी यो निष्कर्ष निकालेको हो।

सन् १९०२ मा अस्ट्रेलियाको सबैभन्दा ठुलो शहर बनेको सिड्नीले, त्यसको करिब १२० वर्ष पछि यो उपाधि मेलबर्नलाई सुम्पेको हो।

एबीएसका एन्ड्रु होइ, मेल्टन क्षेत्रमा बढेको जनसङ्ख्याले पनि मेलबर्नलाई सबैभन्दा ठुलो शहर बनाउनमा भूमिका खेलेको बताउँछन्।

यता मेलबर्नको पश्चिमी क्षेत्रमा पछिल्लो १० वर्षमा करिब ६०% जनसङ्ख्या बढेको छ।

पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने मेलबर्नमा सिड्नी भन्दा करिब १९,००० बढी मानिस बसोबास गरिरहेका छन्।

बसाई सराइका कारण पनि मेलबर्नलाई ठुलो शहर बनाउनका लागि योगदान गरेको भनाई एबीएसको छ।

“बसाई सराई नै यहाँको जनसङ्ख्या बढ्नुको मुख्य कारण हो, यस बाहेक जन्मदर वृद्धि पनि हो, सिड्नीमा पछिल्लो १० वर्षमा विदेशबाट बसाई सराई गर्नेको मात्र उल्लेख्य बढेको छ,” होइ भन्छन्।

“तर सिड्नी र मेलबर्नका बिचमा फरक के हो भने मेलबर्नमा आन्तरिक रूपमा बसाई सराई गर्नेहरू बढी छन्।”

शिक्षाका लागि पनि हब भएको हिसाबले, बच्चाको शिक्षा, मेडिकल लगायत अन्य सुविधाका लागि पनि बस्न लायक शहर बनेको छ; आजको ७/८ वर्ष पछि मेलबर्न अझै बढी बस्न लायक सहर हुने मेरो अपेक्षा छ।
दुर्गा उप्रेती, मेलबर्न बासिन्दा

तर सबैले मेलबर्नलाई ठुलो शहर मान्न तयार छैनन्।

जनसङ्ख्याविद् ग्लेन कपुनोको विचारमा सिड्नी अझै पनि अस्ट्रेलियाको ठुलो शहर नै हो।

“शहरी क्षेत्रहरूलाई मापन गर्नका लागि हामीले बनाएका नियमहरूलाई हेर्दा, सिड्नी नै अझै पनि ठुलो देखिन्छ, किनकि सेन्ट्रल कोस्ट पनि ग्रेटर सिड्नी कै भाग हो, भलै यो केही अलग रहेको जस्तो देखिन्छ।”

सिड्नी र मेलबर्नमा कुन शहर ठुलो हो वा विकसित हो भन्ने कुरामा भने निकै लामो समयदेखि बहस चल्दै आएको छ।

युनिभर्सिटी अफ टेक्नोलोजीमा इतिहास विषयका सह प्राध्यापक पल एस्टन सन् १८४० मा आप्रवासी भित्र्याउने योजना देखि नै को दुई राज्यका बिचमा प्रतिस्पर्धा रहँदै आएको बताउँछन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now