Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आप्रवासी कामदार माथिको शोषण रोक्न थप अधिकार दिन माग

Migrants and temporary visa holders facing exploitation from their employers will now be able to access free legal help in New South Wales.

Yeni gelen göçmenler hak ettiklerinden çok daha düşük maaşlara çalışıyor. Source: Getty / Getty Images

कम तलबमा काम लगाउने विरुद्ध मुख खोल्ने आप्रवासी कामदारहरूको सुरक्षाको पहल गर्न सरकारलाई वकालत समूहहरूले आग्रह गरेका छन्।


Published

Updated

By Nicola Canning

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


कम तलबमा काम लगाउने विरुद्ध मुख खोल्ने आप्रवासी कामदारहरूको सुरक्षाको पहल गर्न सरकारलाई वकालत समूहहरूले आग्रह गरेका छन्।


काममा पुग्न तीन घण्टाको यात्रा, तीन दिनमा ४० घण्टा काम र घण्टाको पाउने तलब भने १० डलर मात्रै।

सात वर्ष अघि अस्ट्रेलिया आएका एडी मन्जुरले भोगेको एउटा प्रतिनिधि घटना मात्रै हो।

मन्जुरका अनुसार उनी लगातार तीन दिनसम्म गाडीमै सुतेर बिहानै काम सुरु गर्थे र मध्यरातमा काम सक्काउँथे।

“म बिहान ६ बजे काम सुरु गर्थे, मध्यरातसम्म काम गरेर गाडीमा सुत्थे, तीन दिनसम्म लगातार त्यही नै दिनचर्या हुन्थ्यो,” उनले भने।

तर उनलाई सुरुमा अस्ट्रेलियामा यसै गरी काम हुन्छ की भन्ने गलत धारणा थियो।

“सुरुमा के भइरहेको छ भन्ने पनि मलाई थाहा थिएन, मेरो दिमाग यसरी घुमाइयो थियो कि मैले धेरै घण्टा काम गर्नु भनेको धेरै पैसा हो भनेर बुझ्थे,” उनले भने।

जबकि वास्तविक तलब पाएको भए उनले काम गर्नु पर्ने घण्टा निकै कम हुन्थ्यो।

यस्तै भोगाई कोलम्बियाबाट इन्जिनियरिङ पेसालाई अगाडि बढाउने उद्देश्यले अङ्ग्रेजी कक्षामा भर्ना भएकी जेरल्डेनको पनि छ।

Migrant worker Addy speaks out
Credit: SBS

“मेरो पहिलो जागिरमा मैले रोटी रोल बनाउनु पर्थ्यो र मेरो रोजगारदाताले अनुभव नभएको भन्दै घण्टाको १६ डलर दिने गर्थ्यो,” उनले भनिन्।

तर जेरल्डेन जस्तै धेरैका लागि यसका विरुद्धमा बोल्नु भनेको आफ्नो भविष्य र भिसामा सङ्कट ल्याउनु भएको भान हुन्थ्यो।

जेरल्डेन र एडी यसमा प्रतिनिधि पात्र मात्र हुन्।

एकाउन्टीङ्ग फर्म वाटर हाउस कुपरले गरेको एक पछिल्लो अध्ययनले अस्ट्रेलियाका करिब १३ प्रतिशत कामदारहरू तोकिएको तलब भन्दा कममा काम गर्न बाध्य रहेको देखाउँछ।

तर यसमा पनि समाजको एक तप्का भने सबैभन्दा पीडित छ।

युनियन न्यु साउथ वेल्सको रिपोर्ट अनुसार मानिसको भिसा र उनीहरूको आएको देश हेरेर कम तलबको प्रस्ताव राखिने गरिन्छ।

युनियनका सचिव मार्क मोरेका अनुसार बहु सांस्कृतिक पुष्ठभुमीका मानिसहरू यसको सबैभन्दा ठुलो मारमा परेका छन्।

देशभर गरिएको एक अध्ययनमा क्रममा ७,००० जागिरहरू अङ्ग्रेजी भाषा बाहेकमा प्रकाशित भएका छन्।

सरकारले तोकेको भन्दा कम तलबमा विज्ञापन गर्नु गैर कानुनी भए पनि अनुसन्धानले डरलाग्दो तथ्य फेला पारेको अध्यागमन मन्त्री एन्ड्रु जाइल्स बताउँछन्।

“यो नयाँ बिजनेस मोडल जस्तो भइसकेको छ, जहाँ मानिसहरू भिसाका कारण आफू माथि भइरहेको अत्याचार र कम तलबका बारेमा बोल्न सक्दैनन्, जबसम्म मानिसहरूबाट यो डर हट्दैन् मानिसहरू ठगिने क्रम जारी रहन्छ,” मन्त्री जाइल्सले भने।

शरणार्थीहरूको संस्था असाइलम सीकर रिर्सोस केन्द्रमा वकालत सल्लाहकारका रूपमा कार्यरत जाना फेबेरो यसले कामदार माथि शोषण भएको बताउँछिन्।

उनका अनुसार यस्ता गतिविधिले आर्थिक तनाव मात्र नदिएर अन्य समस्याहरू पनि पैदा गर्छ।

“मानिसहरूको मानसिक र शारीरिक स्वास्थ्यमा समेत यसको असर परेको देखिन्छ, यसले पारिवारिक तनाव पनि दिन्छ,” उनले भनिन्।

युनियन न्यु साउथ वेल्सले अस्ट्रेलियाको गुनासो गर्ने संरचनामा पनि परिवर्तन गर्न माग गरेको छ ता कि यस्ता शोषणमा पर्दा कारबाही अगाडि बढाउन सजिलो होस्।

युनियनले रोजगारी सम्बन्धी यस्ता गुनासाहरूको टुङ्गो नलाग्दा सम्म गुनासाकर्ताहरूलाई कामको अधिकार सहितको भिसा दिन पनि अनुरोध गरेको छ।

युनियनका सचिव मार्क मोरे सबैभन्दा पहिले त कामदारहरूले सुरक्षित महसुस गर्नु पर्ने बताउँछन्।

असाइलम सीकर रिर्सोस केन्द्रकी जाना फेबेरोको भनाई पनि उस्तै छ, उनी पनि कामदारहरूलाई थप अधिकार दिनु पर्नेमा जोड दिन्छिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now