क्रिसमस यता पानीमा डुबेर १० जनाले ज्यान गुमाए

beach, safety, indian, students, international students, australia, sun, sea, ocean, hazards

An Indian tourist stands in the large surf at Bondi Beach in Sydney Source: AAP

पानीमा डुबेर हुने मृत्युका घटना बढेसंगै मानिसहरूलाई सुरक्षित रहनका लागि सम्बन्धित अधिकारीहरूले आग्रह गरेका छन्।


यतिखेर न्यानो मौसम र सफा आकाशले अधिकांस अस्ट्रेलियालीलाई लोभ्याएको छ।

अस्ट्रेलियालीहरूका लागि मनोरंजनको एक अभिन्न अङ्गका रूपमा पानीसँग रमाउनु पनि भएकाले गर्मी महिनाको सुरुवातसँगै पौडी पोखरी र समुन्द्रीतटहरुमा मानिसहरूको भिडभाड देखिन थालेको छ।

तर अस्ट्रेलियाका समुन्द्रीतट र पौडी पोखरीहरूमा सुरक्षित हुन नजान्दा कतिपयलाई यसले त्रासदीपूर्ण परिणाम दिएको छ।

क्रिसमसको बिदा सुरु भएयता १० जना मानिसको पानीमा डुबेर मृत्यु भएको घटना पछि भने यससँग सम्बन्धित अधिकारीहरूले सबैलाई सुरक्षित हुन अनुरोध गरेका छन्।

विशेष गरी, पौडी सम्बन्धी कक्षा नलिनु, रक्सी पिएर पौडी खेल्नु र अत्यधिक गर्मी पनि मृत्युको एक कारण बनेको अधिकारीहरूको भनाई छ।

गर्मी सुरु भएयता १६ जनाले ज्यान गुमाई सकेको अधिकारीहरूको भनाई छ।

अघिल्लो वर्ष यसै अवधिमा ३६ जनाले ज्यान गुमाएका थिए।

beach safety, beach culture, australia, international students, saftey, beach, sea, hazards, sun protection
Image for representational purposes only. Source: Getty / Getty Images

न्यु साउथ वेल्सका प्रिमीयर डोमिनीक पेरोटे पनि सबैलाई सुरक्षित रहनका लागि आग्रह गर्छन्।

“बितेको तीन दिनमा करिब ६०० मानिसहरूको उद्धार भइसकेको छ, सरदर वर्षमा वर्षमा ४,००० मानिसहरूको उद्धार गरिन्छ, भन्नुको अर्थ जानुस् समुन्द्रीतटहरुमा पौडी खेल्नुहोस् तर कृपया सुरक्षित रहनुस्,” प्रिमीयर पेरोटेले सबैलाई आग्रह गरे।

गत वर्ष गर्मी मौसमका बेला १४५ जनाको पानीमा डुबेर मृत्यु भएको थियो।

क्रिसमस यता अस्ट्रेलियाभर १० जनाको ज्यान गइसकेको छ।

सर्भ लाइफ सेभिङ्गसका स्टिफ पियर्स रक्सी पिएर पौडी खेल्न जानु पनि मृत्युको एक प्रमुख कारण भएको बताउँछन्।

पछिल्लो समय पानीमा डुबेका घटना मध्ये ५० प्रतिशत भित्री भागमा रहेका खोला,नदी र ड्यामहरूमा भएका छन्।

बाढीका कारण नदी र ड्यामहरूमा पानीको तह उच्च रहँदा मानिसहरू पौडे खेल्ने क्रममा डुबेका हुन्।

यस बाहेक कोभिड–१९ प्रतिबन्धका कारण पौडी पोखरीहरू बन्द हुनु वा पौडीका कक्षाहरू छुट्नु पनि कारण बनेको लाइभ सेभिङ्गस भिक्टोरियाका केन ट्रेलर बताउँछन्।

यता सर्फ लाईभ सेभिङ्गस नामक संस्थाका न्यु साउथ वेल्स राज्यका जर्ज सेल्स पनि पौडी खेल्ने क्रममा आफ्नो क्षमता हेरेर मात्र निर्णय लिन आग्रह गर्छन्, आफू सकिँदैन जस्तो लाग्छ भने नजान उनको आग्रह छ।

न्यु साउथ वेल्सको एम्बुलेन्स सेवाले पछिल्ला चार दिनमा पानीसँग सम्बन्धित दुर्घटनामा परेका ४० घटनामा उद्धार गरिसकेको छ।

राज्यमा चार दिनमा चार जनाको मृत्यु भइसक्यो।

राज्यका प्रहरी निरीक्षक के आर्मस्ट्रङ्ग, सिड्नीको पौडी पोखरीमा डुबेकी एक किशोरीको अवस्था गम्भीर रहेको बताउँछन्।

उनका अनुसार, मानिसहरूले सिपिआर दिएका कारण उनको ज्यान जोगियो।

यता उत्तरी न्यु साउथ वेल्समा पनि डुङ्गा दुर्घटना हुँदा, दुई किशोरीले ज्यान गुमाए।

यी सब घटनाहरूका बिच सर्फ लाईभ सेभिङ्गस भिक्टोरियाका स्टिभ पियर्स नदी र ड्यामहरूमा पौडी खेल्न जानेहरूलाई एक पटक सोच्न आग्रह गर्छन्।

यता क्रिसमसकै दिन वेर्स्टन अस्ट्रेलियाबाट हराएका एक ताइवानी नागरिकको शव पनि ब्ल्याक डायमन्ड लेकमा भेटिएको छ।

पछिल्ला केही हप्तामा पानी सम्बन्धी घटनामा मानिसहरूको ज्यान गएका घटनाले यस वर्ष पनि गर्मी मौसममा सावधानी नअपनाउँदा धेरैको ज्यान जाने देखिएको छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now