Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउनेहरूको सङ्ख्या २५ वर्ष यता कै उच्च

DROWNING GOLD COAST

Lifeguards are seen close to a rip where a swimmer drowned this morning at Mermaid Beach, on the Gold Coast, Saturday, February 6, 2021. A third person has drowned in the Gold Coast surf in the space of two days as several beaches close on the strip due to dangerous conditions. (AAP Image/Regi Varghese) NO ARCHIVING Source: AAP / REGI VARGHESE/AAPIMAGE

अस्ट्रेलियामा पानीमा डुबेका घटनामा २५ वर्ष यता कै सबैभन्दा उच्च सङ्ख्या रेकर्ड गरिएको छ। जुन महिनासम्मको पछिल्लो १२ महिनामा ३ सय ३९ जनाले पानीमा डुबेर ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ।


Published

Updated

By Lin Evlin

Presented by Sunita Pokharel

Source: SBS



Share this with family and friends


अस्ट्रेलियामा पानीमा डुबेका घटनामा २५ वर्ष यता कै सबैभन्दा उच्च सङ्ख्या रेकर्ड गरिएको छ। जुन महिनासम्मको पछिल्लो १२ महिनामा ३ सय ३९ जनाले पानीमा डुबेर ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ।


नासिम जेरेका अहिले पुरा आत्मविश्वासका साथ पौडी खेल्छन् तर एक वर्ष अगाडी सम्म पनि उनको भिन्न कथा रहेको थियो।

"लेबनानमा हुर्किएको म १३ वर्ष हुँदा अस्ट्रेलिया आएको थिए र मैले पौडी सिकिन, मलाई लाग्छ मेरा अभिभावकहरूले मलाई त्यसको लागि जोड दिनु पर्थ्यो।"

गत वर्षको फेब्रुअरीमा टेरिगलमा घुम्न जाँदा ३५ बर्सिया उनी झन्डै डुबेका थिए।

उक्त अनुभव पश्चात् उनले पौडी कक्षाहरू लिन थाले।

केही परिवर्तन ल्याउनका लागि उनले आफ्नो कथा बाँडेका छन्।

किनभने एक नयाँ अध्ययनले देखाएको छ कि गत वर्ष मात्र ३ सय ३९ पानीमा डुबेका घटनाहरू रिपोर्ट गरिएको छ, जुन अघिल्लो वर्षको भन्दा १५ प्रतिशतको वृद्धि हो भने सन् १९९६ यता कै सबैभन्दा उच्च सङ्ख्या हो।

कुल मृत्यु हुनेहरू मध्ये बाढी सम्बन्धी घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या सङ्ख्या ३९ रहेको छ। मौसम विभागले अझ पानी पर्ने र बाढीको अवस्था आउने पूर्वानुमान गरिरहँदा यो ढाँचाले निरन्तरता पाउने देखिएको छ।

यसरी मृत्यु हुनेहरू मध्ये ६५ वर्ष माथिकाको सङ्ख्यामा पनि तिन गुणा भन्दा बढीले वृद्धि आएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

त्यस्तै पाँच देखि १४ वर्षका बालबालिकाको सङ्ख्या पनि बढेको तथ्याङ्कले देखाएको छ।

स्टेसी पिजियन रोयल लाइफ सेभिङ अस्ट्रेलियाकी राष्ट्रिय व्यवस्थापक हुन्।

र उनी भन्छिन्, "हामीले अभिभावकहरूलाई आग्रह गरिरहेका छौँ कि आफ्ना बच्चाहरूलाई स्विमिङ कक्षाहरूमा पठाउनुहोस्, हामीलाई थाहा छ बितेका २ वर्षहरूमा पुलहरू बन्द थिए र बालबालिकाहरूले महत्त्वपूर्ण स्विमिङ सिप सिक्न पाएनन्।"

सम्पूर्ण उमेर समूहमा ज्यान गुमाउनेहरूमा बढी पुरुष रहेका छन्।

त्यस्तै समुन्द्री पानीमा डुब्नेहरूमा झन्डै आधि विदेशमा जन्मिएकाहरू थिए।

लाइफ सेभिङ अस्ट्रेलियाका शेन ड पानीमा सुरक्षित रहने तरिकाबारे यस्तो बताउँछन्।

"पर्ख, हेर र योजना बनाऊ। यसको मतलब के भने कुनै एक स्थानमा रोकिएर त्यहाँ तत्काल केही खतरा छ कि भनेर हेर्नु पर्छ, अरू जोखिमहरू रहेका छन् कि भनेर हेर र योजना बनाऊ।"

जल सुरक्षा विज्ञहरूले अघिल्लो वर्ष कोभिड-१९ का कारण मानिसहरू एकान्त र धेरैले थाहा नपाएका समुन्द्री तटहरूमा जाने क्रम बढेको बताएका छन्।

समुन्द्री पानीमा डुबेका घटनाहरू मध्ये झन्डै आधि घटनाहरू लाइफ सेभिङ सेवा प्रदान गरिएको स्थानहरू भन्दा पाँच किलोमिटर परको दुरीमा भएका थिए।

उनीहरूले यस गर्मी याममा मानिसहरूलाई सुरक्षा निगरानी गरिएका समुन्द्री किनारमा मात्र जान र रातो र पहेँलो झन्डा बिचमा मात्र रहन आग्रह गरेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now