लकडाउनको बेला पानीमा डुबेर अस्ट्रेलियामा मृत्यु हुनेको सङ्ख्या पछिल्लो १२ महिनामा बढ्यो

A Surf Life Saving patrol vehicle at Scarborough Beach in Perth

A Surf Life Saving patrol vehicle at Scarborough Beach in Perth Source: AAP

बुधबार सार्वजनिक गरिएको एक रिपोर्ट अनुसार अस्ट्रेलिया भर व्यापक रूपमा लकडाउनहरू भए लगत्तै पानीमा डुबेर मृत्यु हुने मानिसहरूको सङ्ख्या बढेको देखिएको छ। अस्ट्रेलियालीहरूले बढ्दो सङ्ख्यामा आफ्नो घरमा या अपरिचित ठाउँहरूमा पौडी खेल्न गएको उक्त रिपोर्टमा बताइएको छ।


अस्ट्रेलियामा गत १२ महिनाको अवधिमा पानीमा डुब्ने मानिसहरूको सङ्ख्या २० प्रतिशतले बढ्दै, २९४ जनाले त्यसरी ज्यान गुमाएका छन्। 

कोभिड-१९ महामारीको लकडाउनका कारण मानिसहरूले आफ्नो नियमित पौडी खेल्ने बानीलाई निरन्तरता दिन नपाएको हुनाले यस्ता घटनाहरू घटेको, रोयल लाइफ सेभिङ्ग र सर्फ लाइफ सेभिङ्ग संस्थाहरूले बताएका छन्। 

यी संस्थाहरूले सुरक्षित रूपमा पौडी खेल्न सिकाउने लगायत डुब्नबाट बचाउने कार्यमा लागिपरेका छन्।  

रोयल लाइफ सेभिङ्गको अनुसन्धान र नीतिकी राष्ट्रिय प्रबन्धक एलिसन मानी भन्छिन् कि, थुप्रै अस्ट्रेलियाहरूले घरेलु रूपमा छुट्टी मनाउँदै छन्, जसले गर्दा उनीहरू नचिनेको र अनियन्त्रित ठाउँमा पौडी खेल्न पुग्छन्।

परिवार तथा अभिभावकहरू अहिले निकै तनावमा परेका छन्। यो केही समयदेखि चलिआएको छ। हामीलाई थाहा छ कि बालबालिकाहरूले पौडी खेल्ने अत्यावश्यक कक्षाहरू लिन पाएका छैनन्।

र यो तितो सत्यमा विशेष गरी पर्यटक र आप्रवासी परिवारहरू पर्दछन् र पुराना तथ्याङ्कका अनुसार उनीहरूले यो समस्या लामो समयदेखि भोग्दै आएका छन्।

रोयल लाइफ सेभिङ्ग समुदायको पछिल्ला १७ वर्षका तथ्याङ्क अनुसार तटीय क्षेत्रमा डुबेर ज्यान गुमाउने मानिसहरू मध्य ४७ प्रतिशत अस्ट्रेलिया बाहिर जन्मिएका मानिसहरू थिए।

Never too late to learn to swim
Swimming lessons for refugees Source: Getty Images

फेरोज सत्तरको स्विम स्कुलमा आप्रवासी र शरणार्थीहरूलाई अस्ट्रेलियाका पानीमा सुरक्षित रूपमा पौडी खेल्न सिकाइन्छ। 

"उनीहरू यदि आफ्नो सुरक्षाको बारेमा चिन्तित हुन्छन् र आफू जोखिममा परेका छन्, र अरू सबैले झैँ गर्मी महिनामा समुन्द्री तटमा गई रमाइलो गर्न चाहन्छन्। र उनीहरू आफ्नो पहिलो या दोस्रो पिँढीका अस्ट्रेलियाली सन्तानहरू तटमा रमाउन पाउन् भन्ने सोच्छन्।"

कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

उनका विद्यार्थीहरूले पानीमा विभिन्न तरिकाले पौडिन र सर्फिङ्ग गर्न मिल्ने या नमिल्ने भनी हेर्न सक्छन्।

यसले उनीहरूलाई बाहिरी माहोलमा निर्धक्क भई पानीमा रमाउन सिकाएको छ।

यसले हामी पनि सर्फिङ्ग गर्न सक्छौँ भन्ने विश्वास दिलाउँछ, र सर्फिङ्गलाई लामो समयको लागि गोरा अस्ट्रेलियालीहरूको खेलको रूपमा मात्र लिइन्थ्यो।

यस्तै गरी डुबेर ज्यान गुमाउनेहरू मध्य ८० प्रतिशत पुरुषहरू रहेको देखाइएको छ। 

यो निरन्तर रूपमा एक वास्तविकता रहेको रोयल लाइफ सेभिङ्ग समुदायकी स्टेसी पिजन भन्छिन्।

"र दुखको कुरा यो हो कि, यो सङ्ख्या केही वर्षदेखि परिवर्तन भएको छैन। पुरुषहरूले कतिपय समय पानीमा या त्यसको वरपर सतर्कता नअपनाउने गरेको, र मदिरा सेवनले पनि जोखिम उठाउने बानीलाई बढावा दिन्छ।"

Royal Live Saving guards
Australian Surf Life Saving Red & Yellow Flag on Manly Beach, Sydney, Australia -Jon Callow Source: Unsplash

अहिले वसन्त ऋतु सुरु भइरहँदा, जाडो महिनामा कोभिडका कारण पौडी खेल्ने कक्षाहरूमा जान नपाएका वयस्क तथा बालबालिकाहरूको लागि चिन्ता बढेको देखिन्छ। 

महिलाहरूलाई पौडी खेल्न सिकाउने संस्था स्विम सिस्टर्सकी यूस्राले पनि यस्तो चिन्ता व्यक्त गरिन्।

विशेष गरी अहिले समुन्द्रमा पौडी खेल्न सिक्ने मौकाहरू कम भएको समयमा मानिसहरूले जोखिम उठाउने कार्यहरू गर्लान् कि भन्ने मलाई चिन्ता छ।

र अब गर्मी महिना पनि निकै नजिक रहेको खण्डमा, यो एउटा चिन्ताजनक वास्तविकता बन्न पुगेको छ। 

तर वर्तमान अवस्थामा प्रतिबन्धहरू बिस्तारै खुकुलो हुँदै गर्दा फेरी पनि अस्ट्रेलियाहरूले सुरक्षित रूपमा, प्रशिक्षकसँग पौडी खेल्न पाउँछन् भन्ने आशा भने बाँकी नै छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now