जङ्गली च्याउको मौसम सुरु भएसँगै अस्ट्रेलियनहरूलाई विषालु च्याउको गल्तीले सेवन गर्ने जोखिमबारे चेतावनी दिइएको छ। विश्वसनीय बजार र किराना पसलबाट मात्रै च्याउ किन्न अस्ट्रेलियाको खाद्य सुरक्षा सूचना परिषद (एफएसआइसी)ले आग्रह गरेको हो। यही सन्दर्भमा हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग केही समय अगि गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुन्। नोट: यो कुराकानी पहिलो पटक ३० मे सन् २०२५ मा प्रकाशित भएको हो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। कुराकानीमा व्यक्त गरिएका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुहोस्।
Share





