पार्ट टाइम क्लिनरका रूपमा एक पारिवारिक व्यवसायमा प्रवेश गरेका प्रवीण श्रेष्ठ हालसालै उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत वा सीइओ बन्न सफल भएका छन्। दुई करोड ५० लाख डलरको मूल्य बराबरको एसकेजी सर्भिसेसले समयसँगै गरेको प्रगतिका साक्षी रहेका श्रेष्ठ एक सामान्य कामदारबाट कम्पनीमा दुई हजार बढी कर्मचारीहरूलाई नेतृत्व दिने स्थानमा पुगेका छन्। श्रेष्ठले उनको तीन दशकपछिको यो फड्को पछाडिका परिश्रम र प्रेरणाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





