फेलिसिटी भोल्क सन् २०२१ देखि २०२४ सम्म नेपालका लागि अस्ट्रेलियाको राजदूत थिइन्। उक्त पदमा रहँदा उनका अनुभव, उनले देखेको नेपाल र अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूका विषयमा उनीसँग गरिएका कुराकानीहरू, योभन्दा अगाडिका पोडकास्ट अङ्कहरूमा हामीले प्रकाशित गरिसकेका छौँ। एसबीएस नेपाली पोडकास्टको यो नयाँ अङ्कमा भने, हामी दक्षिण एसियाका हिमाली क्षेत्रमा परोपकारी कामहरू गर्दै आएको एक गैर नाफामूलक संस्था — अस्ट्रेलियन हिमालयन फाउन्डेसनसँग भोल्क आबद्ध हुनु पछाडिका कारण लगायत बौद्धको कफीदेखि भक्तपुरको स्वाद र कला एवं आयुर्वेदबाट नेपालले मार्न सक्ने फड्को बारे उनका बिचारहरू सुन्नेछौँ। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Sell: नेपाललाई सगरमाथाको नामले मात्र नभई यहाँको कला, संस्कृति, आयुर्वेद र 'वेलनेस' पर्यटनको रूपमा पनि चिनाउनुपर्ने भोल्कको सुझाव छ।
Share





