सन् २०२१ देखि २०२४ सम्म नेपालका लागि अस्ट्रेलियन राजदूत रहेकी फेलिसिटी भोल्क हाल हिमाली क्षेत्रमा परोपकारी कामहरू गर्ने अस्ट्रेलियन हिमालयन फाउन्डेसनसँग आबद्ध छिन्। गत साल उक्त संस्थाको सञ्चालक समिति सदस्यमा नियुक्त भएपछि एसबीएस नेपालीले उनीसँग अस्ट्रेलिया-नेपाल द्विपक्षीय सम्बन्धका विविध आयामहरू बारे कुराकानी गरेको थियो। प्रस्तुत छ उक्त कुराकानीको पहिलो भाग जसमा कोभिड-१९ महामारी जारी नै रहँदा एक नयाँ अस्ट्रेलियन राजदूतका रूपमा नेपाल पुगेकी भोल्कले आफ्नो कार्यकालका बेलाका केही उपलब्धिहरू, अस्ट्रेलियामा नेपाली डायस्पोराको भूमिका, नेपालसँगको आफ्नो झण्डै ४० वर्ष लामो ‘प्रेम सम्बन्ध’ अनि नेपालीहरूको ‘अतिथि देवो भव:’ को भावना बारे बताएकी छिन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share




