SKIP TO MAIN CONTENT

के अस्ट्रेलियाले नेपाललाई भारत र चीन जस्तो महत्त्व कहिल्यै देला?

Flick_Mountain2.jpeg
Former Australian ambassador to Nepal, Felicity Volk. Credit: Handout/Felicity Volk

गत मङ्गलवार, मे १२ मा ट्रेजरर जिम चामर्स आर्थिक वर्ष २०२६-२७ का लागि सार्वजनिक गरेको अस्ट्रेलियाको सङ्घीय बजेटमा, नेपालले पाउँदै आएको अनुदान रकम अगिल्ला वर्षहरूको तुलनामा झनै घटाइएको छ। चालू आर्थिक वर्ष २०२५-२६ मा २५.४ मिलियन डलर रहेको कूल अनुदान रकम, नयाँ आर्थिक वर्षका लागि थप खुम्चिँदै, लगभग २३.७ मिलियन डलरको हाराहारी सीमित हुने बताइएको छ। र, कोभिड-१९ पछिका वर्षहरूमा ‘अस्ट्रेलियन एड’ घट्दै जानुले के सङ्केत गर्छ? नेपालका लागि पूर्व अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसँगको कुराकानीको तेस्रो भागमा, हामी अस्ट्रेलियाको वैदेशिक सहायता नीति, नेपाली डायस्पोराले अस्ट्रेलियन राजनीतिमा पुर्‍याउन सक्ने प्रभाव सँगसँगै नेपाली सेनाको दक्षता अनि भारत र चीनसँगको अस्ट्रेलियन सम्बन्ध सुधारमा नेपालले खेल्न सक्ने सम्भावित भूमिकाहरू बारे चर्चा गर्दैछौँ। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Published

Updated

By Abhas Parajuli

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now