एलजीबीटीक्युआइए प्लस समुदाय, संस्कृति र समान अधिकारको वकालत गर्दै हरेक वर्ष जुन महिनालाई ‘इन्टरनेश्नल प्राइड मन्थ‘का रूपमा मनाउने गरिन्छ। नेपालमा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले विभिन्न कार्यक्रमहरू गरेर प्राइड मन्थ मनाई रहेका छन्। यसै सन्दर्भमा नेपाल संवाददाता प्रतिक्षा दुलालले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकारका बारेमा पैरवी गर्दै आएकी अभियन्ता तथा नेपालमा एलजीबीटीक्युआइए प्लस समुदायका हक हितका लागि काम गर्ने संस्था ब्लु डाइमन्ड सोसाइटीकी पूर्व अध्यक्ष पिङ्की गुरुङसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share




