'कोप२९' भनेर चिनिने संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन सम्बन्धि सम्मेलन ११ देखि २२ नोभेम्बरसम्म अजरबैजानको बाकुमा सम्पन्न भएको थियो। नेपालको तर्फबाट उक्त सम्मेलनमा सहभागी भएका राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा नै नेपालको सुरक्षा रहेको भनाइ राखेका थिए। विश्वव्यापी रूपमा जलवायु परिवर्तनको सन्दर्भमा नेपालको स्थान कहाँ छ र के नेपालले आफूले खाँदै नखाएको विषको सामना गर्नु परेको हो त? यिनै विषयमा क्लाइमेट फाइन्यासका जानकार अर्जुन ढकालसँग नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्।
नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





