गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त सम्मेलन मार्च १४ देखि १६ सम्म काठमान्डूमा हुने बताइएको छ। त्यस्तै, नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति जापान प्रस्थान, आचार संहिता उल्लङ्घन सम्बन्धि स्पष्टीकरण, ‘ग्रे लिस्ट’बाट बाहिर निस्कने गरी काम गर्न अर्थमन्त्रीको आग्रह र एसीसी राइजिङ स्टार्स वीमेन्स एसिया कपका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




