राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच एकता नहुने भएको छ। उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङले उनको पदलाई लिएर दबाब दिएपछि एकता हुन नसकेको रास्वपाको भनाइ बाहिर आएको छ। तर एकताको प्रयास विफल भएपछिको पत्रकार सम्मेलनमा घिसिङले त्यस्तो नभएको दाबी गरे। त्यस्तै, नेपाली काँग्रेसको विशेष महाधिवेशन भएको छ। पार्टी संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य नरहेको भन्दै कार्यकर्तालाई निर्वाचनमा होमिनका लागि आह्वान गरेको समयमा दलका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनको आह्वान भएको थियो। यो लगायत करिब २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखा मुनि रहेको तथ्याङ्क र आइसीसी टी-२० विश्वकप २०२६ ट्रफी टुर सम्पन्न लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।
Share





