निर्वाचन आयोगको शुक्रवार बसेको बैठकले नेपाली काँग्रेसको विशेष महाधिवेशन मार्फत चयन भएको गगन समूहलाई आधिकारिकता दिने निर्णय गरेको छ। त्यस प्रति शेरबहादुर देउवा पक्षले असन्तुष्टि व्यक्त गरेसँगै र देउवा र खड्काका तर्फबाट आइतवार सर्वोच्च अदालतमा निर्वाचन आयोगको निर्णय विरुद्ध रिट दर्ता भयो। त्यस्तै, सोही विवादले प्रतिनिधिसभाको निर्वाचन सर्न सक्ने सम्भावना बारे राजनीतिक वृत्तमा बहस, निर्वाचन प्रहरीका लागि करिब दुई लाख आवेदन र फेब्रुअरी सातदेखि टी-२० प्रतियोगिताका लागि विश्वकप टोली श्रीलङ्कामा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





