पोखराबाट काठमाण्डू जाँदै गरेको बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। बस सडकबाट तल खसेर त्रिशूली नदीको किनारमा पुगेको बताइएको छ। यस लगायत, गौर नगरपालिमा साम्प्रदायिक तनाव सुरु भएर ठुलो आकार लिँदै गएपछि त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालयद्वारा कर्फ्यु आदेश, जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण तत्काल उपलब्ध गराउन सरकारको स्वास्थ्य संस्थाहरूलाई निर्देशन र जारी टी२० विश्वकप अन्तर्गत गत मङ्गलवार आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





