सिड्नीमा “मिनी नेपाल” बनाउने उद्देश्य बोकेको ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरले आइतवार, फेब्रुअरी १५ मा आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको थियो, जसमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका योजनाबारे जानकारी दिइनुका साथै नयाँ कार्यकारी समिति चयन भएको महासचिव प्रकाश पौडेलले एसबीएस नेपालीलाई बताएका छन्। त्यस्तै, सिड्नी वरपर बस्नेहरूका लागि राहदानी घुम्ती सेवा, भिक्टोरियामा कलश यात्रा लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।
Share





