नि:शुल्क चलचित्र कहाँ हेर्ने भनेर सोचिरहनु छ? साम्बाला, द साउन्ड अफ ड्रिमिङ, द रेड सुटकेस जस्ता नेपालमा खिचिएका फिल्महरूसँगै विभिन्न भाषाका सामाग्रीहरू तपाईँले एसबीएस अन डिमान्डमा हेर्न सक्नुहुन्छ। त्यस्तै, अस्ट्रेलियामा भएको ‘सबैभन्दा ठुलो ठगी’सँग जोडिएको नाम जन फ्रेड्रिकको रहस्यमय पहिचानको खोजी गर्ने एसबीएसको डकुमेन्ट्री सिरिज ‘अस्ट्रेलियाज् ग्रेटेस्ट कन्म्यान?’ मङ्गलवार, फेब्रुअरी २४ राति ८:३० बजे प्रिमियर हुँदै छ। यो बाहेक, प्रणय दिवस नजिकिँदै जाँदा यही विधाका नयाँ र पुराना फिल्म र अन्य दैनिक समाचार, रेडियो लगायत थप जानकारी सहितको एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Watch SBS OnDemand:
Share





