SKIP TO MAIN CONTENT

मेलबर्नमा बाँसुरीको धुन: ‘बन्द कोठा, चार भित्तामा मात्र बजाएर पुग्दैन रैछ!’:

Participants at the Taste and Tunes event organised by Newa Pucha: Melbourne in Melbourne on Sunday, 18 January 2026.
Participants at the Taste and Tunes event organised by Newa Pucha: Melbourne in Melbourne on Sunday, 18 January 2026. Credit: Facebook/Newa Pucha: Melbourne

मेलबर्नस्थित सामुदायिक संस्था नेवा पुच: मेलबर्नको आयोजनामा ‘टेस्ट एन्ड ट्युन्स’ कार्यक्रम हालै सम्पन्न भएको थियो। आइतवार, जनवरी १८ मा एपिङमा आयोजित कार्यक्रममा नेवारी गीत-सङ्गीत, कुमारी नृत्य, बाँसुरी र धिमे बाजाको प्रस्तुति रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य करिब सात महिनादेखि बाँसुरी सिक्दै आएका विद्यार्थीहरूको तालिम औपचारिक रूपमा समापन गर्ने र नेवारी परम्परागत खाना र सङ्गीतलाई बहुसांस्कृतिक समुदाय समक्ष पस्कने रहेको संस्थाका आयोजक संजिब श्रेष्ठले एसबीएस नेपालीलाई बताएका छन्। श्रेष्ठ लगायत, बाँसुरी बजाउन सिकेका युवा प्रशिक्षार्थी तथा सहभागी केही सदस्यहरूसँग यसको महत्त्व र अनुभव लगायत विविध विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

मेलबर्नस्थित सामुदायिक संस्था नेवा पुच: मेलबर्नको आयोजनामा ‘टेस्ट एन्ड ट्युन्स’ कार्यक्रम हालै सम्पन्न भएको थियो। आइतवार, जनवरी १८ मा एपिङमा आयोजित कार्यक्रममा नेवारी गीत-सङ्गीत, कुमारी नृत्य, बाँसुरी र धिमे बाजाको प्रस्तुति रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य करिब सात महिनादेखि बाँसुरी सिक्दै आएका विद्यार्थीहरूको तालिम औपचारिक रूपमा समापन गर्ने र नेवारी परम्परागत खाना र सङ्गीतलाई बहुसांस्कृतिक समुदाय समक्ष पस्कने रहेको संस्थाका आयोजक संजिब श्रेष्ठले एसबीएस नेपालीलाई बताएका छन्। श्रेष्ठ लगायत, बाँसुरी बजाउन सिकेका युवा प्रशिक्षार्थी तथा सहभागी केही सदस्यहरूसँग यसको महत्त्व र अनुभव लगायत विविध विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now