नोभाक जोकोभिचको अस्ट्रेलिया आगमन; के खेल प्रशंसकहरू माझ आफ्नो क्रेज बनाइ राख्न सक्लान्?

Novak Djokovic on the balcony at The M Suites accommodation in North Adelaide.

Novak Djokovic on the balcony at The M Suites accommodation in North Adelaide. Source: AAP / AAP Image/Morgan Sette

टेनिस खेलका स्टार खेलाडी नोभाक जोकोभिचलाई सन् २०२२ मा अस्ट्रेलियाले भिसा रद्द गरी फिर्ता पठाएको थियो।


मुख्य बुँदा
  • नोभाक जोकोभिचलाई सन् २०२२ मा कोभिड–१९ खोप नलगाएको भन्दै भिसा रद्द गरी फिर्ता पठाइएको थियो।
  • सुरुमा ३ बर्से प्रतिबन्ध लगाइएको भए पनि उनी माथिको प्रतिबन्ध हटाइएको छ।
  • जोकोभिचले अस्ट्रेलियाको निर्णय बिर्सन नसक्ने भए पनि आफू अगाडी बढ्ने बताएका छन्।

गत वर्षको अस्ट्रेलियन ओपनको खेलमा भाग लिन अस्ट्रेलिया आईपुगेका जाकोभिचको भिसा रद्द भए पछि खेलमा सहभागी नभई स्वदेश फर्कन परेको थियो।

तर ३ वर्षको प्रतिबन्ध एक वर्ष मै फुकुवा भएपछि, उनी अस्ट्रेलिया आई पुगेका छन्।

ठुलो बबन्डर पछि अस्ट्रेलिया आएका जोकोभिचका लागि पत्रकारहरूका थुप्रै प्रश्नहरू छन्।

२१ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचलाई अस्ट्रेलियाली प्रशंसकहरूको भिडले कसरी लिने हुन भन्ने कुराको ठुलो चिन्ता छ।

९ पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका टेनिस खेलाडी एडिलेडमा छन् र खेलका लागि तैयारी गरिरहेका छन्।

सन् २०२२ को जनवरी महिनामा अस्ट्रेलियाको कोभिड–१९ नीतिहरूमा मेल नखाएपछि उनको भिसा रद्द गरिएको थियो।

पत्रकारहरुसँग कुरा गर्दै जोकोभिचले एक वर्ष अघिको घटनालाई यसरी सम्झिए।

“अस्ट्रेलिया फर्कँदा म निकै खुसी छु, १२ महिना अघि अस्ट्रेलियाबाट म जसरी फर्किए त्यो निकै दुखद थियो, यो यस्तो स्थान हो जहाँ मैले निकै सफलता पाएको छु, मैले ९ पटक ग्रान्डस्लाम जिते, मैले अस्ट्रेलियामा जहिले पनि गज्जब महसुस गर्छु,” उनले भने।

के भएको थियो?

खोप नलगाएका कारण गत वर्ष जोकोभिचको भिसा रद्द गरिएको थियो।

रद्द गरिएसँगै डिटेन्सन होटेलमा राखिएका उनले कानूनी उपचार खोजे र अदालतले उनको पक्षमा फैसला सुनायो तर अध्यागमन मन्त्रीको आदेश पछि उनको भिसा पुन: रद्द भयो र उनी फिर्ता पठाइए।

भर्खर कोभिड–१९ सङ्क्रमित भएकाले खोप लगाउनबाट छुट पाउनु पर्ने उनका वकिलले अदालत सामु याचना गरेका थिए।

३५ बर्सिया जोकोभिचलाई तीन वर्षको प्रतिबन्ध लागेको भए पनि गत महिना उनको आदेश पुनर्विचार गर्दै पहिलेको निर्णयलाई उल्ट्याएको हो।

“त्यो घटनाहरू बिर्सन सकिँदैन, मेरो जीवनभर त्यो सम्झना रही नै रहनेछ, मैले जीवनमा कहिल्यै नभोगेको र सम्भवतः कहिल्यै नभोग्ने घटना, तर अस्ट्रेलिया आउनुको अर्थ मैले यो देशप्रति कस्तो भावना राख्छु भन्ने कुराको प्रमाण हो,” उनले भने।

Novak Djokovic of Serbia celebrates a winning point against Marin Cilic of Croatia.
Novak Djokovic of Serbia celebrates a winning point against Marin Cilic of Croatia. Source: AAP

अस्ट्रेलियामा उनी प्रति प्रशंसकहरूले कस्तो भावना राख्नेछन् भन्ने प्रश्नमा चाहिँ उनी आशावादी देखिए।

“मलाई लाग्छ कि सबै कुरा राम्रै हुनेछ, मैले टेनिसमा राम्रो खेल्नमा प्रयत्न गर्नेछु, राम्रो भावना, उत्साह र इमोसनका साथ खेल्नेछु, हामी एक अर्थमा मनोरञ्जन दिने मानिस पनि हौ।”

उनले रिर्पोटरहरुसँग आफूले घटना नभुल्ने भएता पनि खोपको चर्चाबाट बाहिर निस्किएर, अस्ट्रेलियामा राम्रो खेल्ने प्रयास गर्ने बताए।

यता उनका प्रशंसक र पूर्व खेलाडीहरू भने जोकोभिचको अस्ट्रेलिया फर्काएलाई उचित ठान्छन्।

उनका प्रशंसक जसप्रित सिंह अध्यागमन मन्त्रीले उनको प्रतिबन्ध हटाएर राम्रो गरेको बताए।

पूर्व खेलाडी रिर्चड ग्यास के पनि अस्ट्रेलियन ओपनमा उनको ठुलो भूमिका रहेकोले उनको पुर्न आगमन अर्थपूर्ण रहेको बताउँछन्।

तत्कालीन समयमा जोकोभिच कारबाही पर्नुको कारण कतै उनको कारणले खोप विरोधी गतिविधिलाई झनै प्रश्रय दिने त होइन भन्ने पनि रहेको मानिन्छ।

विश्वभर नै खोप विरोधी आवाजहरू सुनिएका बेला, उनी माथि दिइने छुटले खोप विरोधी गतिविधिलाई झनै प्रश्रय दिने सम्भावना थियो।

टेनिस सम्बन्धी लेखक बेन रोथेन खोप सम्बन्धी विषयलाई लिएर भएको काण्डलाई बिर्सेर जोकोभिच खेलमा ध्यान दिन चाही रहेको बताउँछन्।

जोकोभिच यस पटक, अस्ट्रेलियन ओपनको १० औं जितका लागि भिड्नेछन्

टेनिसका कमेन्टेटर लुइस प्लेमिङ्ग पनि जोकोभिचले आफूलाई अब्बल खेलाडीको रूपमा राखिराख्न पुराना कुराहरूलाई बिर्सेर अघि बढ्नु पर्ने बताउँछन्।

“मलाई लाग्छ कि जोकोभिचले यस विषयमा शारीरिक, मानसिक र भावनात्मक रूपमा सजाय भोगिसकेका छन्, अस्ट्रेलियन ओपन पछि उनले खेलमा उत्कृष्ट पर्दशन गर्न सकेनन्, मलाई लाग्छ कि उनी अस्ट्रेलिया फर्कनु उनका लागि पनि निष्पक्ष हुन्छ।”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now