Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

दुई हप्ते लकडाउनले कोरोनाभाइरस फैलन रोकिने न्यु साउथ वेल्स सरकारको अपेक्षा

Empty streets are seen at Bondi Junction in Sydney, Saturday, 26 June, 2021.

Empty streets are seen at Bondi Junction in Sydney, Saturday, 26 June, 2021. Source: AAP

निकै द्रुत गतिमा सिड्नीमा कोरोनाभाईरसको सङ्क्रमण फैलन थाले पछि, न्यु साउथ वेल्स सरकारले वृहत सिड्नी लगायत वुलङ्गगङ्ग, सेन्ट्रल कोस्ट, र ब्लु माउन्टेन्स लगायतको क्षेत्रमा लकडाउनको घोषणा गरेको हो।


Published

Updated

By SBS Nepali, Greg Dyett

Source: SBS




Share this with family and friends


निकै द्रुत गतिमा सिड्नीमा कोरोनाभाईरसको सङ्क्रमण फैलन थाले पछि, न्यु साउथ वेल्स सरकारले वृहत सिड्नी लगायत वुलङ्गगङ्ग, सेन्ट्रल कोस्ट, र ब्लु माउन्टेन्स लगायतको क्षेत्रमा लकडाउनको घोषणा गरेको हो।


सिड्नीमा फैलिएको देखिएको पछिल्लो कोरोनाभाईरस डेल्टा भेरिएन्टको रहेको बताइएको छ।

गत अक्टोबरमा भारतमा पहिलो पटक देखिएको उक्त भेरिएन्ट अहिले विश्वभरनै कोरोनाभाईरस फैलाउने मुख्य श्रोत बनेको स्वास्थ्य अधिकारीहरुको भनाइ छ।

सिड्नीमा फेलिएको कोरोनाभाईरसकको यो नयाँ लहरले, न्यु साउथ वेल्सको ग्रामिण क्षेत्रमा पनि प्रकोप पुग्न सक्ने खतरा बढाएको छ। जसका साथ् लागु गरिएका प्रतिबन्धहरुले क्षेत्रिय स्थानहरुमा पनि सङ्क्रमणलाई फैलन नदिने आशा व्यक्त गरेको छ।

यसैबिच, प्रधानमन्त्री स्कट मोरिसनले लकडाउन घोषणा गर्ने न्यु साउथ वेल्स सरकारको कदमको स्वागत गरेका छन्।

बिगतमा लकडाउन घोषणा नगर्ने प्रिमियर ग्लाडिस बेरेजिक्लियनको निर्णयको प्रसंसा गर्दै आएका मोरिसनले यस पटक चाहिं डेल्टा भेरिएन्टले फैलाएको भाइरसलाई नियन्त्रणमा ल्याउन कठोर लकडाउनको आवश्यक्ता रहेको बताएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now