SKIP TO MAIN CONTENT

ओमिक्रन जोखिम: कतै लकडाउन, कतै कानुन नै बनाएर सङ्क्रमण रोक्ने प्रयास

A waiter checks the health pass of costumers with his smartphone in a restaurant in Paris, France, on 28 December, 2021.
A waiter checks the health pass of costumers with his smartphone in a restaurant in Paris, France, on 28 December, 2021. Source: AAP

फ्रान्सको संसदले रेस्टुरेन्ट, चलचित्र भवन, खेलकुद लगायतका क्षेत्रमा खोप नलगाएका मानिसहरूलाई प्रवेश नदिनका लागि विधेयक पास गरेको छ।


Published

Updated

By Allan Lee

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

फ्रान्सको संसदले रेस्टुरेन्ट, चलचित्र भवन, खेलकुद लगायतका क्षेत्रमा खोप नलगाएका मानिसहरूलाई प्रवेश नदिनका लागि विधेयक पास गरेको छ।


सङ्क्रमण वृद्धि भइरहँदा अस्पतालहरूमा बढिरहेको दबाबलाई कम गर्न फ्रान्सेली सरकारले यस्तो कदम चालेको हो।

राष्ट्रिय सभाका अध्यक्ष रिसार फेरनले खसेका २७३ मत मध्ये विधेयकको पक्षमा २१५ मत र विपक्षमा ५८ मत परेको जानकारी गराए।

“राष्ट्रिय सभाले स्वास्थ्य सङ्कट व्यवस्थापन औजार सुदृढ गर्ने विधेयक पारित गरेको छ,” उनले भने।

राष्ट्रपति इमानुएल माक्रोनले विधेयकलाई छिटो अगाडी बढाउने आशा गरेको भए तापनि प्रतिपक्षी सांसदहरुको प्रतिरोध र संशोधनहरूका कारण पास हुन केही ढिला गरेको हो।

९१ प्रतिशत भन्दा बढी फ्रान्सेली वयस्कहरूले पूर्ण खोप लगाइसकेको अवस्थामा सरकारी कदम प्रति केही आलोचना पनि भएको छ।

“भ्याक्सिन पास” विधेयकले खासै फरक नपार्ने आलोचकहरूको भनाई छ।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस्:

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

कानुनले नक्कली पासहरू प्रति कढा खालको जरिवाना लगाउने र जाँचको दायरालाई पनि कढा बनाउने आस गरिएको छ।

यता, सरकारी लकडाउनको विरुद्ध नेदरल्याण्डको राजधानी एम्सटरडममा पनि शान्तिपूर्ण पर्दशन भएका छन्।

डच सरकारले शुक्रबारबाट लकडाउनलाई केही लचिलो बनाएको छ, जस अन्तर्गत सामान्य पसल, विश्वविद्यालय, खेलकुद क्लबहरू, हेयर ड्रेसर लगायतका व्यवसायहरू खोल्ने अनुमति दिएको छ।

A man wears a mask in Beijing. The virus has spilled over China’s borders and spread to at least 25 countries worldwide.
A man wears a mask in Beijing. The virus has spilled over China’s borders and spread to at least 25 countries worldwide. Source: Yomiuri Shimbun

साँझको पाँच बजे सम्म थुप्रै व्यवसायहरू खुल्न सक्ने भए तापनि रेस्टुरेन्ट, बार, म्युजियम, थिएटर जस्ता भिडभाड हुने क्षेत्र भने उकालो लागिरहेको सङ्क्रमणका कारण बन्द नै रहनेछन्।

शान्तिपूर्ण पर्दशनमा सहभागी सान्ड्रा बर्बोसा भन्छिन् प्रतिबन्धहरूका कारण समाजमा ठुलो असर परिरहेको छ।

“मलाई लाग्छ कि खोप लगाउने वा नलगाउने भन्ने कुरा व्यक्तिगत बिचार हो, र उनीहरूले आफूले जे महसुस गर्छन् त्यो गर्न पाउनुपर्छ, यो हाम्रो शरीर हो,” उनले भनिन्।

यता स्पेनमा पनि प्रतिबन्धहरूको विरोधमा प्रदर्शन भएका छन्।

बढ्दो सङ्क्रमणलाई रोक्न जारी गरिएका प्रतिबन्धहरूको विरोधमा शनिवार ऱ्यालिको आयोजना भएको छ।

A protest in Barcelona against the latest lockdown in Spain
A protest in Barcelona against the latest lockdown in Spain Source: AAP

स्पेनको संसद् भवनसम्म पुगेका ऱ्यालीका सहभागीहरूले “अत्याचार” र “मानवता विरुद्धको अपराध” लेखिएका प्लेकार्डहरू बोकेका थिए।

प्रदर्शनकारीहरुले मास्कको अनिवार्य प्रयोग र खोप अनिवार्यताको विरोध गरेका छन्।

विश्वभरका स्वास्थ्यविद्हरू कोरोनाभाइरस विरुद्धको खोप गम्भीर किसिमको बिरामी हुन र मृत्युको जोखिम कम गर्नलाई सुरक्षित र प्रभावकारी रहेको बताइरहेका छन् ।

उनीहरूले विरोध गर्नेहरूको दाबिमा कुनै सत्यता नभएको पनि बताइरहेका छन्।

यता, अस्ट्रियन सरकारले पनि कढा खालको खोप आदेशलाई कार्यान्वयन गर्ने योजना अघि सारेको छ, जस अन्तर्गत १८ वर्ष माथिका व्यक्तिलाई खोप अनिवार्य गर्न फेब्रुअरी महिनाबाट तिन चरणको कार्यक्रम गरिने छ।

अस्ट्रियन  चान्सलर कार्ल नेहमरका अनुसार पहिलो चरणमा मानिसहरूलाई खोप लगाउनका लागि पत्र पठाइनेछ।

मार्च महिना देखि मानिसहरूलाई खोप लगाएको/नलगाएको बारेमा जाँच गरिने र यदि खोप नलगाएको पाइए तत्काल ६ सय युरो सम्मको जरिवाना गरिनेछ।

त्यति हुँदा पनि खोपको दरमा वृद्धि नभए चाहिँ दोस्रो चरण अन्तर्गत पुन: पत्र लेखि खोप लगाउन अनुरोध गरिनेछ।

तेस्रो चरणमा चाहिँ मानिसहरूलाई जबरजस्ती खोपका लागि बुकीङ्ग गराइनेछ, यदि खोप लगाउन नआए ३,६०० युरो सम्मको जरिवाना हुनेछ।

चान्सलर नेहमार तेस्रो चरणको आवश्यकता नपर्नेमा विश्वास गर्छन्।

“यो यस्तो चरणबद्ध कार्यक्रम हो, जुन सरकार, स्वास्थ्य मन्त्री र सङ्घीय सङ्कट समन्वय संस्था मिलेर देशको खोप प्रगतिका बारेमा मूल्याङ्कन गर्नलाई तैयार पारिएको हो, मलाई लाग्छ तेस्रो चरणमा जाने आवश्यता पर्ने छैन,” उनले भने।

यता चीनको केन्द्रीय सहर शी आनमा पनि तीन हप्ता लामो लकडाउन पछि प्रतिबन्धहरू बिस्तारै खुकुलो पारीदैछन्।

सहरका बन्द रहेका उत्पादन गतिबिधीहरु सुचारु हुन थालेका छन्।

the subway in Hefei, china
Even in off hours the subway in Hefei had riders. One, standing on the right, was an undercover police tail. Source: Paul Mozur/The New York Times

शान्सीका स्वास्थ्य आयोगका माह ग्वाङ्ग हीका अनुसार कम जोखिम भएका क्षेत्रहरूमा मानिसहरूलाई उपभोग्य बस्तुहरू खरिदका लागि घर बाहिर जान पाउने अनुमति दिइएको छ।

यता चीनकै अर्को सहर बेइजिङमा ओलम्पिक सुरु हुन दुई हप्ता मात्र वाकी रहँदा ओमिक्रनको स्थानीय सङ्क्रमण फेला परेको अधिकारीहरूले बताएका छन्।

लुनार न्यु इयर भनिने चिनियाँ नयाँ वर्ष सुरु हुनु अघि भेटिएको सङ्क्रमण पछि अधिकारीहरू सतर्क बनेका छन्।

ब्राजिलमा पनि ओमिक्रनको केस सङ्ख्या बढे पछि अस्पतालहरूमा बिरामीको चाप बढ्दा स्वास्थ्यकर्मीहरूको चरम अभाव देखिएको छ।

स्वास्थ्यकर्मीहरुले विभिन्न अस्पतालमा पुगी मानिसहरूको उपचार गरिरहेका छन्।

यता सिसिलिमा विवाहीता जोडिलाई खोप लगाएको भनी झुट बोलेको भन्दै एक नर्स पक्राउ परेकी छन्।

इटलीमा पनि खोप नलगाएका प्रति लक्षित प्रतिबन्ध शुक्रबारदेखि लागु भएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now