नेपाली युवाहरूलाई कुलतबाट टाढै राख्न आफूले खेलेको भूमिका बारे सगरमाथा फुटबल क्लबका गम गुरुङसँगको कुराकानी।
सिड्नीको एक नेपाली फुटबल क्लबका युवाहरू माझ जुवाको लत लकडाउनका समयमा पनि देखिएको क्लबका एक अधिकारीले बताएका छन्।
सगरमाथा फुटबल क्लबका मिडिया कोअर्डिनेटर गम गुरुङका अनुसार महामारीमा पोकर खेल्न नपाएका नेपालीहरू अनलाइन सट्टेबाजीमा संलग्न रहेका थिए।
तर गुरुङले दावी गर्दै भन्छन् कि क्लबले त्यस्ता युवाहरूलाई लतबाट बाहिर ल्याउन काम गरिरहेको छ।
गम गुरुङसँग गरिएको पुरा कुराकानी यहाँ सुन्नुहोस् सिड्नीका “ममी जस्तो छुच्चो दाई”ले नेपाली भाईहरू माझ पारेको सकारात्मक प्रभाव हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
आफूले निरन्तर रूपमा युवाहरूको आनीबानीमा निगरानी राख्दै उनीहरूलाई त्यस्तो कामबाट निस्कन दवाव दिने गरेकाले क्लब भित्र "आमा"को उपाधी पाएको पनि उनले एसबीएस नेपालीलाई बताए।
"क्लबमा नयाँ भाइहरूले यो गम दाई त ममी जस्तो अलि छुच्चो-छुच्चो हुनुहुँदो रहेछ भन्छ मलाई।"
सहायता सेवाहरू हरेक दिन २४ घण्टा नै नेशनल ग्याम्ब्लिङ्ग हेल्पलाइन १८०० ८५८ ८५८ र लाइफलाइन १३१ ११४ मा उपलब्ध रहेका छन्।


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

