सिड्नीका “ममी जस्तो छुच्चो दाई”ले नेपाली भाईहरू माझ पारेको सकारात्मक प्रभाव

Gambling Sagarmatha Nepali Football Club

A member of Sagarmatha Football Club in Sydney looks on during a soccer match. Source: SFC/Facebook

नेपाली युवाहरूलाई कुलतबाट टाढै राख्न आफूले खेलेको भूमिका बारे सगरमाथा फुटबल क्लबका गम गुरुङसँगको कुराकानी।


सिड्नीको एक नेपाली फुटबल क्लबका युवाहरू माझ जुवाको लत लकडाउनका समयमा पनि देखिएको क्लबका एक अधिकारीले बताएका छन्।

सगरमाथा फुटबल क्लबका मिडिया कोअर्डिनेटर गम गुरुङका अनुसार महामारीमा पोकर खेल्न नपाएका नेपालीहरू अनलाइन सट्टेबाजीमा संलग्न रहेका थिए।

तर गुरुङले दावी गर्दै भन्छन् कि क्लबले त्यस्ता युवाहरूलाई लतबाट बाहिर ल्याउन काम गरिरहेको छ।
गम गुरुङसँग गरिएको पुरा कुराकानी यहाँ सुन्नुहोस् सिड्नीका “ममी जस्तो छुच्चो दाई”ले नेपाली भाईहरू माझ पारेको सकारात्मक प्रभाव हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
आफूले निरन्तर रूपमा युवाहरूको आनीबानीमा निगरानी राख्दै उनीहरूलाई त्यस्तो कामबाट निस्कन दवाव दिने  गरेकाले क्लब भित्र "आमा"को उपाधी पाएको पनि उनले एसबीएस नेपालीलाई बताए।
"क्लबमा नयाँ भाइहरूले यो गम दाई त ममी जस्तो अलि छुच्चो-छुच्चो हुनुहुँदो रहेछ भन्छ मलाई।"
सहायता सेवाहरू हरेक दिन २४ घण्टा नै नेशनल ग्याम्ब्लिङ्ग हेल्पलाइन १८०० ८५८ ८५८ र लाइफलाइन १३१ ११४ मा उपलब्ध रहेका छन्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
सिड्नीका “ममी जस्तो छुच्चो दाई”ले नेपाली भाईहरू माझ पारेको सकारात्मक प्रभाव | SBS Nepali