कोरोनाका कारण अस्ट्रेलियाली बासिन्दामा बढ्यो निराशा

Those wanting to become Australian citizens will now have to wait longer.

Source: AAP

कोरोना महामारीका कारण अधिकार अस्ट्रेलियाली बासिन्दाहरूमा मानसिक रूपमा गहिरो प्रभाव परेको एक अध्ययनले देखाएको छ ।


लिर्वस नामक अनुसन्धानमा संलग्न एक संस्थाबाट जारी गरिएको रिर्पोटमा अस्ट्रेलियाली जनतामा कोरोना महामारीको कस्तो प्रभाव परेको छ भन्ने बारे अनुसन्धान गरिएको छ ।

विशेष गरी स्वास्थ्य, सामाजिक, व्यवहारिक र आर्थिक पक्ष सँग सम्बन्धित भएर गरिएको अध्ययनले यी विषयमा मानिसहरूको कस्तो धारणा बन्दै गएको छ भन्ने कुराको सारशं प्रस्तुत गरिएको छ ।

अध्ययनका क्रममा अनपेक्षित रूपमा एक तिहाइ अर्थात् ७४ प्रतिशत मानिसहरूले सरकारले बनाएका नियमहरूको उल्लङ्घन गर्नेलाई उल्लेख्य मात्रामा जरिवाना गरिनुपर्ने धारणा राखेका छन्।

यसै गरी ६८ प्रतिशतले बारम्बार सरकारी नियमहरूको उल्लङ्घन गर्नेलाई जेल सजाय सम्मको व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् ।

अधिकास मानिसहरूले अस्ट्रेलियाली सेनालाई महामारी नियन्त्रणका लागि प्रयोग गर्नु उचित रहेको धारणा राखेका छन् भने ५० प्रतिशतले प्रहरीले महामारी नियन्त्रणमा राम्रो काम गरिरहेको धारणा पनि राखेका छन् ।

आम जनताबाट अनपेक्षित रूपमा यस्ता किसिमका प्रतिक्रिया आएपछि कतै महामारीको मानसिक प्रभावका कारण अस्ट्रेलियाली बासिन्दा कठोर बन्दै गएका त्यो होइनन् भन्ने प्रश्न खडा भएको छ ।

यद्यपि लिर्वस रिसर्च संस्थाकी प्रमुख लिसा लिर्वस भने यसलाई फरक किसिमले हेर्नु पर्नेमा जोड दिन्छिन् ।

मानिसहरूमा समाजलाई हेर्न दृष्टिकोण बदलिएको र आफू बस्ने समाजको भलोका बारेमा मानिसहरूले सोच्न थालेको उनको भनाई छ ।

लिर्वसमै गुणात्मक अनुसन्धानको प्रमुखको भूमिका निर्वाह गरिरहेकी मोयरा कलार्डको भने यस विषयमा भिन्न बिचार छ, समाजलाई हेर्न दृष्टिकोण बदलिनुको अर्थ सधैँ सकारात्मक नै हुनु पर्छ भन्ने नरहेको उनको धारणा छ ।

अस्ट्रेलियाली सबै बासिन्दामा करोनाको प्रभाव एकै किसिमको नभएकाले पनि उनीहरूको बिचारमा प्रभाव परेको उनको भनाई छ ।

अस्ट्रेलियाली बासिन्दाहरू संसारका खुसी मानिसहरू गनिन्छन् यद्यपि कोरोना महामारीका कारण भने अधिकास अस्ट्रेलियालीमा निराशा बढ्दै गएको छ ।

Australia banned foreign visitors entering Australia from Iran to prevent the spread of the coronavirus
Source: AAP

भिक्टोरिया लकडाउन सुरु हुनुभन्दा अघि गरिएको अनुसन्धानमा क्रममा भिक्टोरियाका ७० प्रतिशत जनताले सङ्क्रमण सङ्ख्या बढ्दै गएपछि सरकारले कठोर लकडाउनको नियम ल्याइयोस् भन्ने चाहाना राखेको देखिएको छ। 

त्यसै गरी यस अघिको लकडाउन पनि चाडै नै खुकुलो भएकोमा उनीहरूको चित्त दुखाई छ।

कतिपयले भने लक डाउन अझै ६ महिनामा सम्म बढ्न सक्ने धारणा राखेका छन् यद्यपि सरकारले केवल ६ महिनाका लागि मात्र लकडाउनको नियम बाहिर ल्याएको छ ।

यी सबै पक्षलाई केलाउँदा मानिसहरूमा निराशाको मात्रा उल्लेख्य रूपमा बढ्दै गएको र अहिलेको परिवेशका कारण भविष्यका बारेमा उनीहरूको धारणा सकारात्मक नभएको लिउर्स बताउँछिन् ।

भिक्टोरियामा गरिएको अध्ययनमा क्रममा जोडिएका प्रत्येक ५ मध्ये एकले आफूहरू दैनिक उपभोग्य समाग्रीहरु खरिद गर्नका लागि सघर्ष गरिरहेको बताएका छन् ।

महामारीका कारण मानिसहरूमा शारीरिक एवम् मानसिक प्रभाव पनि बढी रहेको देखिएको छ ।

युनिभसीटी अफ मेलबर्नमा साइकोलोजि विषयका प्राध्यापक डाक्टर टेरी बाउल्सले महामारीका कारण हाल मानिसहरूमा परेको मानसिक असर युद्धबाट भर्खरै फर्किएको सिपाहीको जस्तो भएको धारणा राख्छन् ।

Photo taken on Oct. 3, 2017, shows students attending a Japanese language class at the University of Melbourne. (Kyodo)==Kyodo
students attending a class at the University of Melbourne. Source: AAP

डाक्टर बाउल्सका अनुसार विशेष गरेर एकै खाले दैनिकी गुजारिरहेका वयस्क एवम् पाका उमेरका व्यक्तिमा मानसिक असर सबैभन्दा बढी देखिएको छ ।

 

covid-19.png
Coronavirus Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

covid-19.png

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now