एडिलेडका प्रेमदीप सिंह डन्डीवाल र उनको भाइको सधैँ भारतमा रहेका आफ्ना आमाबुवालाई यतै अस्ट्रेलिया ल्याएर राख्ने योजना थियो।
सन् २०१८ को अक्टोबरमा, आफ्ना आमाबुवा करिब ६० वर्षको छँदा उनले कन्ट्रिब्युटरी पेरेन्ट भिसा (Contributory Parent Visa) नामको अभिभावक भिसाका लागि आवेदन दिएका थिए।
यस भिसाले उनीहरूलाई आफ्ना छोराहरूसँग नजिक हुने मौका दिन्थ्यो - तर सोचेको जस्तो भने भएन।
Advertisement
आवेदन हालेको करिब साढे पाँच वर्ष भइसक्यो, र यी दाजु भाइले अझै पनि आफ्ना आमाबुवाको भिसा आउनलाई पर्खिरहेका छन्।
Premdeep Singh Dandiwal (second from left) with his family, including his parents (seated in the front row). Source: Supplied
उता मेलबर्नकी इरानी आप्रवासी रोया सलामतीको पनि त्यस्तै कथा छ।
सन् २०१७ मा सलामती र उनको भाइले तेहरानमा बस्ने आफ्ना ज्येष्ठ आमाबुवाका लागि कन्ट्रिब्युटरी पेरेन्ट भिसाको लागि आवेदन दिएका थिए।
ती भिसाहरू अझै पनि आएका छैनन्।
यो लामो पर्खाइको क्रममा सलामतीले एउटा भिसा आवेदन भने फिर्ता लिनु पर्यो, किनभने उनको बुवाको कोरोना भाइरसका कारण मृत्यु हुन पुग्यो।
बुवाको मृत्यु पछि हरेक दिन आमालाई फोन गरेको, र यात्रा प्रतिबन्धका कारण न त आफू इरान जान पाएको, न आमालाई अस्ट्रेलिया ल्याउन पाएको उनी सम्झन्छिन्।
यो कथा डन्डीवाल र सलामतीको मात्र होइन, ती १,२३,००० भन्दा बढी आवेदकहरूको हो, जसले ३० अप्रिलको तथ्याङ्क अनुसार गृह मामिला विभागबाट अभिभावक भिसा पाउन पर्खिरहेका छन्।
Roya Salamati (right) with her mother. Roya's father passed away while waiting for his Australian parents visa to be granted. Source: SBS, Supplied
मेलबर्नकी मारियाना जोर्डानाले हालै पर्खाइमा रहेका यी भिसाहरू दिइनु पर्छ भन्ने सन्देशका साथ क्लियर पेरेन्ट भिसा ब्याकलग (Clear Parent Visa Backlog) अभियान सुरु गरेकी छिन्।
वर्तमान योजना अनुसार चल्ने हो भने, नयाँ अभिभावक भिसा आवेदनहरू सफल हुनलाई करिब १९ वर्ष लाग्ने उनको अनुमान छ।
कन्ट्रिब्युटरी पेरेन्ट भिसा आवेदनहरूको लागि करिब ३३,००० देखि ४८,००० हजार डलरसम्म लाग्ने गरेको छ।
र गृह मामिला विभागको जानकारी अनुसार “यी भिसा दिने अन्तिम प्रक्रियासम्म पुग्नलाई कम्तीमा पनि ६५ महिना जति लाग्न सक्छ”।
डन्डीवाल र सलामतीको अनुभव सहितको रिपोर्ट यहाँ सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
मारियाना जोर्डाना भन्छिन् कि वास्तवमा यी भिसा पाउन लगभग १६ वर्ष लाग्दै आएको छ।
उनी भन्छिन् कि यस्तो लामो समय पर्खनु पर्ने वास्तविकता निकै हृदय विदारक छ - विशेष गरी ती आमाबुवाहरूको लागि, जसलाई बुढेसकालमा आफ्नो सन्तानको सहयोग चाहिन्छ।
गृह मामिला विभागले यस्तो अवस्था आउनुका कारणहरू मध्य कोभिड-१९ महामारी एक रहेको, एक विज्ञप्ति मार्फत बताएको छ।
विभागको अनुसार बायोमेट्रिक सङ्कलन, अङ्ग्रेजी भाषा परीक्षण केन्द्र,कागजात बुझाउने केन्द्र र प्यानल डाक्टर सुविधाहरूमा निरन्तर अवरोध भइरहेका छन्।
तर यता डन्डीवाल र सलामतीको मामिलामा, कोरोनाभाइरस महामारी सुरु हुनु भन्दा अगाडि देखि नै यस्तो समस्या आएको देखिन्छ।
Parent visas are being lodged faster than they are processed. Source: SBS
#ClearParentVisaBacklog ले प्रदान गरी गृह मामिला विभागले प्रमाणित गरेको तथ्याङ्क अनुसार पछिल्ला ९ वर्षको अवधिमा अभिभावक भिसा पाउनेहरूको भन्दा त्यसको आवेदन हाल्ने व्यक्तिहरूको सङ्ख्या धेरै छ।
उदाहरणको लागि सन् २०१३- ४ भित्र २६,००० भन्दा बढी अभिभावक भिसा आवेदनहरू हालिएका थिए, जस मध्य मात्र करिब ९,००० जनाले भिसा पाए।
सन् २०२० देखि २१ भित्र प्राप्त भएका १४,००० भन्दा भिसा आवेदनहरू मध्य करिब ५,००० जनाले मात्र भिसा पाएका थिए।
यो ढिलाइ खासमा के कारणले भइरहेको हो त ?
अध्यागमन विभागका पूर्व उपसचिव अबुल रिज्भीको अनुसार वृद्ध जन सङ्ख्यालाई लिएर रहेको चिन्ता एक प्रमुख कारण हो।
उनी भन्छिन् कि अभिभावक भिसा माथि सन् १९९६ देखि जोन हावर्डको सरकारबाट कडाइ गर्न थालिएको थियो। त्यसबेला वृद्ध जन सङ्ख्याको दरलाई कम गर्न सुरु गरिएको कुरा आज पनि जारी रहेको उनले बताए।
अमेरिका, क्यानाडा र न्यु जिल्यान्डको तुलनामा अस्ट्रेलियाको अभिभावक आप्रवासन नीति सबैभन्दा कडा छ। रिज्भी भन्छन् कि यो रक मुस्किल र चुनौतीपूर्ण विषय हो।
यो पनि पढ्नुहोस्: