अस्ट्रेलिया बुझ्नुहोस्: रिसाइकल गर्न मिल्ने फोहरलाई कसरी छुट्याउने?

Recycling in Australia

Are we good recyclers? Source: Getty Images/Jessie Casson

अस्ट्रेलियामा बर्सेनि करिब ७ करोड ४० लाख टन फोहर उत्पादन हुन्छ र त्यस मध्ये करिब ६० प्रतिशत रिसाक्लिङ वा पुन: प्रसोधनका लागि जाने गर्दछ।


अस्ट्रेलियामा हाल उत्पादित फोहर मध्ये ६० प्रतिशत रिसाइक्लिङ लागि जाने गरेको छ।

फोहरको सही पहिचान र यसका विषयमा पर्याप्त ज्ञान भए हाल जारी प्रयासहरूमा अझै बढी मद्दत पुग्ने बताइन्छ।

क्लिन अप अस्ट्रेलिया नामक संस्थाकी प्रमुख पिप केरनन अधिकांस अस्ट्रेलियालीहरूलाई रिसाइक्लिङका बारेमा ज्ञान भएता पनि केहीमा भने फोहरका प्रकारहरू बारे भ्रममा रहेको बताउँछिन्।

कुन कुरा रिसाइकल गर्न सकिन्छ भन्ने जानकारी राख्दा हाल जारी प्रयासहरूमा सुधार हुने उनको भनाई छ।

रिसाइकलका लागि छुट्टाइएका फोहर फाल्ने स्थानमा अन्य साधारण फोहर फाल्दा, रिसाइक्लिङ गर्न मिल्ने वस्तु पनि दूषित हुने भएकाले तिनलाई पनि अन्ततः ल्याण्डफिल्डमै फ्याँक्नु पर्ने हुन्छ।

रिपोर्ट सुन्नुहोस्।अस्ट्रेलियामा बसोबास: रिसाइकल गर्न मिल्ने फोहरलाई कसरी छुट्याउने? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

कतिपय अवस्थामा पुन: प्रशोधन गर्न मिल्छ कि मिल्दैन भन्ने कुरामा अनिश्चित बन्दा पनि रिसाइक्लिङ बिनमा फोहर फ्याँक्ने काम हुन्छ।

यसलाई 'विस साइक्लिङ' को नाम दिइएको छ, यसको अर्थ जहाँ मन लाग्यो त्यहिँ फ्याल्ने भन्ने हो, र यही 'विस साइक्लीङ्ग' प्रदूषणको मुख्य योगदानकर्ता रहेको अध्ययनहरूले देखाउँछ।

न्यापकिन, टिस्यु, भान्सामा प्रयोग हुने रुमाल, कपडा वा बच्चाका न्यापि जस्ता वस्तुहरू रिसाइक्लिङ बिनमा फालिँदा सम्पूर्ण बिन नै दूषित बन्दछ।

यसै गरी ब्याट्री एवम् इलेक्ट्रिक सामानहरू पनि रिसाइक्लिङ्ग बिनमा फालिँदा यसले थप समस्या सिर्जना गर्दछ।

Recycling in Australia
Your recyclables should not be bagged when placing them into the kerbside recycling bin. Source: Getty Images/RUBEN BONILLA GONZALO

यस्ता ब्याट्रीजन्य पदार्थ र इलेक्ट्रिक सामानहरू रिसाइक्लिङ्ग लागी पठाउँदा संस्थाहरूले उपलब्ध गराउने विशेष बिनको प्रयोग गर्नु पर्दछ।

रिसाइकलका नियमहरू राज्य र क्षेत्रमा मात्र नभएर काउन्सिल क्षेत्रहरूबिचमा नै फरक हुन सक्छन्, त्यसैले पनि यसका बारेमा ज्ञान राख्नु उचित हुन्छ।

पुन: प्रयोग गर्न मिल्ने वस्तुहरू बहुमूल्य

आफ्नो स्थानीय क्षेत्रमा कस्ता वस्तु रिसाइक्लिङ गर्न सकिन्छ भनेर जान्नका लागि ग्रिनइअस बाइ क्लिनवे जस्ता अनलाइन टुलहरू प्रयोग गर्न सकिन्छ।

सामान्य नियम भनेको चाहिँ खुला, सफा र सुख्खा वस्तुहरू रिसाइक्लिङ बिनमा राख्नु हो।

यस्ता वस्तुलाई झोलामा भने राख्नु हुँदैन।

कुनै सामाग्री प्रयोग गरिसकेपछि यसको जार रिसाइक्लिङ गरिँदै छ भने, यसलाई सफा गरेर, बिर्कोलाई छुट्टाएर रिसाईक्लिङ्ग बिनमा राख्न सकिन्छ।

केरननका अनुसार सामान्य नियमहरूलाई पछ्याउँदा पनि फोहर सही ठाउँमा पुग्नका लागि सहयोग गर्न सकिन्छ।

अस्ट्रालएशियन रिसाईक्लिङ्ग लेबल (एआरएल)

अस्ट्रालएशियन रिसाइक्लिङ लेबल, सामाग्री खरिद गर्दा ती सामानको बट्टामा दिइएका निर्देशनहरू हुन्।

यसमा कुनै पनि बट्टा, प्याकेट वा जारहरूमा कुन चिज कहाँ फाल्न सकिन्छ भनेर लेखिएको हुन्छ।

यदि कुनै सामाग्रीमा यस बारेमा उल्लेख गरिएको छैन भने 'विस साईक्लिङ्ग' गर्नु भन्दा जनरन बिन अर्थात् सामान्य फोहर फ्याल्ने बिनमा फाल्न उचित हुन्छ।

Australian Recycling Label
Australian Recycling Label (ARL) Source: Clean Up Australia

पुन: प्रशोधन गर्न सकिने वस्तुहरूलाई निर्दिष्ट स्थानमा पुर्‍याउने

नरम प्लास्टिक पनि भनिने बिस्कुट, चकलेट, फ्रोजन फुडसँग आएका प्लास्टिक वा प्लास्टिक ब्यागहरू काउन्सिल बिन मार्फत रिसाइक्लिङ हुँदैनन्।

यसका लागि तोकिएको स्थानमा लगेर छाड्नु पर्ने हुन्छ।

रेडसाइकल नामक संस्थाले देशैभर १,९०० वटा स्थानहरू तोकेको छ जहाँ यस्ता नरम प्लास्टिकहरू रिसाइक्लिङ्गका लागि छाड्न सकिन्छ।

रेड ग्रुपकी मार्केटीङ्ग एवम् सञ्चार सम्बन्धी प्रबन्धक रेबिका ग्लेगहर्न पछिल्लो समय ल्याण्डफिल्ड जानबाट धेरै ठुलो मात्रामा प्लास्टिक जन्य पदार्थ कम भएको बताउँछिन्।

“प्रत्येक दिन करिब १६ हजार किलोग्राम प्लास्टिकहरू ल्याण्डफिल्डमा जान बाट जोगिएको छ,” उनले भनिन्।

दैनिक सामाग्री खरिद गर्दा आउने प्लास्टिक झोला हुन् वा जिप लक व्यापक हुन्, यस्ता धेरै चिज छन् जसलाई रिसाइक्लिङ्ग गर्न सकिन्छ।

तर वस्तुहरू रिसाइक्लिङ गर्दा एआरएल निर्देशनहरूको भने पालना गर्नु पर्दछ।

रेडसाइकलको वेबसाइटमा के कुरा रिसाइक्लिङ गर्न सकिन्छ भनेर राखिएको छ।

कम्पोस्टेबल र बायोडिग्रेडेबल सफ्ट प्लास्टिकहरू टुक्रिन्छन् र नयाँ बस्तुका लागि यसलाई प्रयोग गर्न सकिन्छ।

काउन्सिलले पुनः प्रयोग गर्न नसकिने वस्तुहरू सङ्कलनमा लागि निश्चित दिन तोकिदिएका हुन्छन्।

पुन: प्रयोगले वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने भएकाले विश्वभर यसले चर्चा पाइरहेको छ।

बाइ नथिङ्ग नामक परियोजना सन् २०१३ मा अमेरिकाबाट सुरु भएको छ, र यतिखेर यो संसारभर फैलिएको छ।

सिड्नीमा बाइ नथिङ्ग परियोजना सञ्चालन गर्ने लिभ म्याकगिनीज मानिसहरूमा स्रोत कहाँबाट उपलब्ध हुन्छ र कहाँ जान्छ भन्ने बारेमा चासो दिन थालेको बताउँछिन्।

उनका अनुसार मानिसहरू पहिले जस्ता सबै कुरा फोहरमा जाओस् भन्ने चाहँदैनन्।

Secondhand economy
Reusing and repurposing, the way of the future Source: Getty Images/Su Arslanoglu

बालबालिकाका खेलौना हुन् वा चाहे दराजमा थन्किएका कपडा, पैसाको मूल्य नरहेका समानहरू मानिसहरूका लागि उपहारका लागि दिइने लोकप्रिय बस्तुहरू भएका छन्।

सामाग्रीहरूको पुन: प्रयोगले वातावरण माथि सकारात्मक प्रभाव मात्रै नपारेर, समुदायलाई पनि बलियो बनाउने म्याकगिनीज बताउँछिन्।

“जब तपाई अरू कोहीबाट लाभान्वित हुनुहुन्छ, जसलाई तपाई चिन्नु हुन्न, वा कुनै स्वार्थ छैन, मलाई लाग्छ यो सकारात्मक कुरा हो,” म्याकगिनीजले भनिन्।

यदि हामी सबैले एक छिन समय निकालेर फोहरलाई कसरी रिसाइक्लिङ्ग वा डिस्पोज गर्ने भनेर अवलोकन गर्‍यौ भने हामीले हाम्रो ग्रहलाई स्वच्छ राख्नका लागि आफ्नो तर्फबाट गर्न सक्छौ, र यो आजैबाट सुरुवात हुन सक्छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now