Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

३० वर्ष माथिका ७० लाख भन्दा बढी मानिस कोभिड–१९ खोपको चौथो डोजका लागि योग्य

Australia is expected to follow other parts of the world in expanding eligibility for a fourth COVID vaccine dose to the wider population.

हाल विभिन्न राज्यमा गरी करिब ४ हजार मानिस सङ्क्रमणका कारण अस्पताल भर्ना भएका छन् भने ती मध्ये १४० जना भन्दा बढी आइसियुमा उपचार गराउदैछन्।


Published

Updated

Source: SBS



Share this with family and friends


हाल विभिन्न राज्यमा गरी करिब ४ हजार मानिस सङ्क्रमणका कारण अस्पताल भर्ना भएका छन् भने ती मध्ये १४० जना भन्दा बढी आइसियुमा उपचार गराउदैछन्।


३० वर्ष माथिका ७० लाख भन्दा बढी मानिसलाई कोरोनाको चौथो खोपका लागि अनुमति दिइएपछि सिड्नीका स्वास्थ्य कर्मचारीहरुको व्यस्तता पुनः बढेको छ।

फार्मासिस्टका रूपमा काम गर्ने एडिल ताहानलाई अहिले भ्याई नभ्याइ छ।

“खोपका सम्बन्धमा सूचना जारी भएपछि हामी निकै व्यस्त बनेका छौ, फोन बजेको बज्यै छ, करिब साढे सत्तरी लाख मानिसहरू योग्य बनेपछि हामी कहाँ धेरै मानिसहरू आइरहेका छन्,” उनले भनिन्।

माग अनुसारको खोप उपलब्ध गराउन मुस्किल परिरहेको उनको भनाइ छ।

उनी मात्रै हैन फार्मेसी सञ्चालन गरिरहेका उनका अन्य साथीहरूको अवस्था पनि उस्तै रहेको उनी बताउँछिन्।

रिपोर्ट सुन्नुहोस्। ३० वर्ष माथिका ७० लाख भन्दा बढी मानिस कोभिड–१९ खोपको चौथो डोजका लागि योग्य हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

कोभिड–१९ को भेरीएन्ट ओमिक्रन र यसको पनि पछिल्लो संस्करण बिए.५ ले संक्रमणदरलाई बढाइरहेका बेला चौथो खोपको अनुमति दिने सरकारको निर्णयलाई आश्चर्यमा रूपमा भने लिइएको छैन।

स्वास्थ्य मन्त्री मार्क बुटलर नयाँ भेरीएन्टको जोखिम बढिरहेका बेला चलाखीपूर्ण निर्णय गरिएको बताउँछन्।

“पहिला कोभिड–१९ सङ्क्रमण भइसकेका मानिसहरूमा पनि पुनः सङ्क्रमण भएको देखिएको छ, सङ्क्रमण संख्या उच्च छ र अस्पताल भर्ना हुने सङ्ख्या पनि बढी रहेको छ, यस कारण पनि हामीले चौथो खोपका बारेमा छिट्टै निर्णय लिएका हौ,” बुटलरले बताए।

कोभिड–१९ खोपको तेस्रो डोजहरू महीनौ अघि लगाइसकिएका कारण पनि सङ्क्रमण संख्या तीव्र रूपमा बढ्न सक्ने अस्ट्रेलियन मेडिकल एसोसिएसनका डाक्टर क्रिस मोय बताउँछन्।

“यसमा दुई मत छैन कि यो तीव्र रूपमा फैलने छ, अस्पताल भर्ना हुने मानिसहरूको सङ्ख्या बढ्नेछ, बिए.४ र बिए.५ भेरीएन्टहरुको सङ्क्रमण दर निकै उच्च छ, र लामो समयदेखि स्वास्थ्य अधिकारीहरूको चासो अबका एक वा दुई महिनामा के हुन्छ भन्ने हो,” उनले भने।

A health worker administers a dose of a COVID-19 vaccine during a vaccination clinic at the Keystone First Wellness Center in Chester, Pa., on Dec. 15, 2021.
A health worker administers a dose of a COVID-19 vaccine during a vaccination clinic Source: AAP Image/AP Photo/Matt Rourke

इजरायलमा वर्षको सुरुवातमै चौथो खोप दिन थालिएकोमा त्यहाँको तथ्याङ्कले खोपले मानिसहरूलाई थप सुरक्षा प्रदान गर्ने र गम्भीर बिरामी हुनबाट पनि रोक्ने देखाएको छ।

सिड्नी विश्वविद्यालयमा महामारी रोग विशेषज्ञका रूपमा कार्यरत प्राध्यापक रोर्वट वोय एक हप्ताको अवधिमा तीन सय जनाको मृत्यु भइरहेको तथ्याङ्कले निकै अर्थ राख्ने बताउँछन्।

“यो हामी कहाँ अहिलेसम्म भएको भन्दा बढी हो, जोखिममा रहेका मानिसहरू बिरामी परेर मरिरहेका छन्, बुस्टर डोजले साँच्चै फरक पार्न सक्छ,” उनले भने।

हाल ९५ प्रतिशत भन्दा बढी अस्ट्रेलियालीहरुले कम्तीमा पनि खोपको दुई डोज लगाईसकेका छन्।

तेस्रो डोज लिनेको सङ्ख्या भने अलि कम छ, सजिलै उपलब्ध रहेता पनि केवल ७० प्रतिशतले मात्र तेस्रो खोप लिएका छन्।

हालसम्म चौथो डोज ६५ वर्ष माथिका मानिसका लागि मात्र उपलब्ध थियो र यो समूहका करिब ६० प्रतिशतले चौथो मात्रा लगाइसकेका छन्।

सरकारको पछिल्लो निर्णयले ३० वर्ष माथिका सबैलाई चौथो खोपका लागि अनुमति दिएको भए पनि, ५० वर्ष माथिका मानिसहरूलाई भने लगाउनका लागि विशेष सुझाव दिएको छ।

अब प्रश्न के उठ्छ भने वयस्क उमेर समूहका मानिसलाई खोप लगाउन साँच्चीकै चासो रहला त?

फार्मासिस्ट ताहन भने चिकित्सकको पुगी आफ्नो योग्यता बारे बुझ्न सुझाव गर्छिन्।

“यदि तपाई योग्य हुनुहुन्छ भने, खोप लिइहाल्नुस्, यो गम्भीर रोग लाग्न र मृत्यु जोखिम कम गर्ने राम्रो अवसर हो।”


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now