SKIP TO MAIN CONTENT

४६ वर्ष अघिको त्यो रेल दुर्घटना जसले ८४ जनाको ज्यान लियो

Granville rail disaster
Granville rail disaster Source: Flickr / Flickr: Blue Mountains Library - Local Studies

आज भन्दा ४६ वर्ष अघि अस्ट्रेलियामा भएको एक हृदय विदारक रेल दुर्घटनामा मारिएकाहरू प्रति प्रधानमन्त्री एन्थोनि एल्बनीजीले सम्झना गरेका छन्।


Published

By Marcus Megalokonomos, Naveen Razik

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

आज भन्दा ४६ वर्ष अघि अस्ट्रेलियामा भएको एक हृदय विदारक रेल दुर्घटनामा मारिएकाहरू प्रति प्रधानमन्त्री एन्थोनि एल्बनीजीले सम्झना गरेका छन्।


सन् १९७७ मा ग्रानभिलमा भएको एक भयानक रेल दुर्घटनामा परेका परिवारजन, सरोकारवाला र सरकारका प्रतिनिधीहरुले उक्त घटनाका मारिएकाहरू प्रति सम्झना गरेका छन्।

न्यु साउथ वेल्सको ब्लु माउन्टेन क्षेत्रबाट सिटीका लागि हिँडेको रेल ग्रान्डभिल नजिकै दुर्घटना पार्दा ८४ जनाले ज्यान गुमाएका थिए भने २०० जना मानिसहरू घाइते भएका थिए।

बिहानको अति व्यस्त समयमा भएको दुर्घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जलीलागि उपस्थित प्रधानमन्त्री एल्बनिजीले लगभग आधा शताब्दी बिती सक्दा पनि याद ताजै रहेको बताए।

“त्यस दिन ट्रेन नम्बर १०८ चढ्नेहरूका लागि एउटा सामान्य दिन थियो, आफ्नो घरको मुलगेटबाट निस्कँदै गर्दा, उनीहरू कसरी घर फर्कन्छन् भन्ने बारेमा कमैले कल्पना गरेका थिए, आज हामी जहाँ उभिएका छौ, उनीहरू मध्ये धेरैको समय त्यही रोकियो।” प्रधानमन्त्रीले भने।

उक्त दुर्घटनामा मारिएका ८४ जना मध्ये एक जना गर्भमै रहेका बालक पनि थिए, जसको गन्ती सन् २०१७ मा मात्र गरिएको थियो।

मन्तव्य पछि मृतकहरूको सम्झनाका लागि बनाइएको स्तम्भ पर्खालमा प्रधानमन्त्रीले फुलको गुच्छा चढाए।

ज्यान गुमाएका ८४ जनाको सम्झनामा प्रत्येक वर्ष कार्यक्रमको आयोजना गरी रेलवे ट्र्याकमा ८४ वटा फुलका थुँगाहरू चढाइन्छन्।

ग्रयानभिलमा भएको उक्त दुर्घटना पछि एक सङ्घको निर्माण गरियो, उक्त सङ्घकी मेरीथ नाइट आफ्ना नजिकका आफन्त गुमाएकाहरू लागि घटना कहिल्यै बिर्सन नसकिने बताउँछिन्।

Prime Minister Anthony Albanese
Prime Minister Anthony Albanese. Source: AAP / Dan Himbrechts

रेल दुर्घटना लगत्तै फर्स्ट रेस्पोन्डरका रूपमा घटनास्थलमा पुगेका पारामेडीक बेरी गोबे त्यति बेला घटनाको पुष्टि हुन नसक्दा मानिसहरूले यसलाई झुट सम्झिएको र उद्धारका लागि ढिलासम्म पनि कोही नपुगेको सम्झना गर्छन्।

“घटनास्थलमा पहिले पुग्ने व्यक्ति म मात्रै थिए किन भने मानिसहरूले यसलाई पत्याएका थिएनन्, त्यसैले पनि घटनास्थलमा कसैलाई पठाइएको थिएन,” गाबेले भने।

घाइते एवम् ज्यान गुमाएकाहरूको सम्झनामा प्रधानमन्त्री, सरकारका पदाधिकारीहरू र घटनासँग प्रत्यक्ष जोडिएका परिवार एवम् उद्धारकर्ताहरू एकै ठाउँमा भेला भएर गहिरो समवेदना प्रकट गरे।

घटनामा घाइते भएका एक जना यात्रुलाई १५ घण्टासम्म नर्सिङ सेवा दिँदा पनि बचाउन नसकेको पारामेडीक स्कटी म्याकन्ली स्मरण गर्छन्।

४६ वर्षदेखि उनको अन्तिम संस्कार गरिएको सिमेट्रीमा प्रत्येक वर्ष पुगेर फुल चढाउने गरेको उनी बताउँछन्।

म्याकन्लीले दुर्घटनालाई नजिकबाट नियालेपछि, जीवनमा आफूले कहिल्यै रेल नचढेको बताए।

“४६ वर्ष भयो मैले ट्रेन नचढेको, म ट्रेनबाट टाढै बस्छु, जब म यहाँ आउँछ मैले एम्बुलेन्सका मान्छेहरू मात्रै देख्छु, म यस्तै छु,”

उक्त घटनाको छानबिन गर्न बनेको टोलीले ट्रेन ट्र्याकको उचित मर्मत नभएका कारण दुर्घटना भएको निष्कर्ष निकालेको थियो।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now