मुद्रास्फीति बढिरहँदा प्रधानमन्त्री एन्थनी एल्बनिजीले धेरै अस्ट्रेलियालीहरूमा महँगो दैनिकीको दबाब कम गर्न प्रेसक्रिप्सनहरूको खर्च कटौतीले सहयोग पुर्याउने बताएका छन्।
जब ग्रेगका छोरा साइमनमा टाइप 1 मधुमेहको निदान गरियो, यो समाचार उनका लागि झट्का दिने खालको थियो।
"किशोरावस्थामा यसको निदान गरिएको थियो, तर अभिभागका रूपमा तपाईँलाई केही कुराले पनि आफ्नो बच्चामा क्रोनिक रोग रहेको कुराका लागि तयार पार्न सक्दैन।"
उनी भन्छन् त्यसपस्चात छोराको इन्सुलिनको स्तरको व्यवस्थापन पारिवारिक जीवनको अभिन्न पाटो बनेको छ।
तर औषधिहरूको खर्च धान्न त्यति सजिलो छैन।
"टाइप वान मधुमेहका लागि दुई प्रकारको इन्सुलिन चाहिन्छ, अनि अरू यससँग सम्बन्धित औषधिहरू, अनि उपकरण, साथै सन्तुलित खाना, र अभिभावकको हैसियतले के म यो औषधिको खर्च धान्न सक्छु वा मैले यसको सट्टा अरू केही किन्न सक्छु भन्ने विकल्प राख्न चाहनु हुन्न।"
सङ्घीय सरकारले एक कानुन ल्याउँदै छ जसले औषधि सम्बन्धी लाभ योजना (पीबीएस) अन्तर्गतका औषधिहरूको मूल्य घटाउने छ।

पी-बी-एसले सरकारद्वारा आर्थिक सहायता दिइएका औषधिहरूको सुची बनाउने र त्यसलाई उपलब्ध गराउने गर्दछ।
नयाँ विधेयकले, अधिकतम संयुक्त रूपमा गरिने त्यस्ता औषधिहरूको खरिद मूल्य ४२.५० डलरबाट घटेर ३० डलर पुग्नेछ।
यो परिवर्तन जनवरी १ देखि लागू हुनेछ।
प्रधानमन्त्री एन्थनी एल्बनिजीले अस्ट्रेलियालीहरूका लागि यसले औषधिलाई सस्तो बनाउने बताउँछन्।
"४२.५० डलरबाट घटाएर ३० डलरमा पुर्याउँदा यसले गाह्रो भइरहेको परिवारहरूलाई साँच्चिकै फरक पार्नेछ।"
यसको अर्थ एक महिनामा एउटा औषधि लिने व्यक्तिले वार्षिक १५० डलर जोगाउन सक्नेछन्।
र यो दुई वा तिन औषधि लिनेहरूका लागी वार्षिक ३०० देखि ४५० डलर सम्म पुग्न सक्छ।
प्रधानमन्त्रीले सो घोषणा स्वास्थ्य मन्त्री मार्क बट्लरसँगै क्यानबेराको एक औषधि पसलमा गरेका थिए।
"हामीलाई थाहा छ घर खर्च बजेटमा अहिले सोच्ने नसकिने दबाब छ, र यो बिहान हामीले प्रस्तुत गर्न गइरहेको विधेयकले सामान्य बिरामीहरूको औषधिहरूको अधिकतम मूल्यमा तिन भागको एक भाग कटौती हुनेछ सन् २०२३ जनवरी १ देखि।"
यसको परिणाम स्वरूप हरेक वर्ष झन्डै २० करोड डलर बिरामीहरूकै खल्तीमा जाने छ।स्वास्थ्य मन्त्री मार्क बट्लर
मन्त्री बट्लरले भने, यसबाट १० औँ लाख अस्ट्रेलियालीहरूले फाइदा लिन सक्नेछन्।
धेरै औषधि पसलहरूले बिरामीहरू दीर्घकालीन स्वास्थ्यको लागि भन्दा पनि सस्तो र तत्काल राहत दिने औषधिको विकल्प छान्न बाध्य भएको कथाहरू सुनाएको उनको भनाइ थियो।
मूल्य घटाउने लेबरको मुख्य चुनावी प्रतिबद्धताहरूमध्ये एक रहेको थियो। विपक्षीले पनि समान किसिमको नीति चुनावी अभियानका क्रममा प्रस्तुत गरेको थियो।
लिबरल सांसद साइमन बर्मिङ्घमले उक्त घोषणाले लेबरले गठबन्धनको नीति लागू गरेको भन्दै त्यसको स्वागत गर्ने बताए।
"के चाहिँ हामीले हेर्न बाँकी छ भने दैनिकीमा देखिएको महँगीलाई सामना गर्ने आफ्नै नीतिलाई पुरा गर्न कुनै किसिमको विस्तृत योजना ल्याएको।"
औषधि सम्बन्धी संस्था फार्मेसी गिल्ड अफ अस्ट्रेलियाका राष्ट्रिय अध्यक्ष प्रोफेसर ट्रेन्ट टूमीले उक्त कदमको स्वागत गरेका छन्।
"यो साँच्चिकै केही हो। आर्थिक वर्षको अन्त्यमा ट्याक्स रिटर्न गर्दा नभएर हरेक तलब थाप्ने समय वा हप्ता हप्तामा नै यसले सहयोग गर्छ।... र अस्ट्रेलियालीहरूले कुन महिनामा कुन परिवारको सदस्यको उपचार गर्ने वा कुन औषधि बिना पनि ठिकै हुन्छ भनेर निर्णय लिनु पर्ने छैन।"
प्रोफेसर टूमी भन्छन् चिकित्सकद्वारा स्वीकृति दिएको औषधिहरू किन्न नसक्ने बिरामीहरूबाट पछिल्लो सयमा यस्ता कुराहरू सुन्ने क्रम बढेको सामुदायिक केमिस्टहरूले बताउने गरेका छन्।
उनका अनुसार ७५ वर्षमा पहिलो पटक पी-बी-एस अन्तर्गत सामान्य स्क्रिप्टको अधिकतम मूल्यमा कमी आउँदै छ।
"चाहे ग्रेग र टाइप वन डायबिटिज भएका उनका छोरा साइमन हुन् वा कोही जसले रगत पातलो बनाउने औषधि लिइरहेका छन् स्ट्रोकबाट जोगिन, अथवा दम रोकथामका लागि प्रयोग हुने पफरको सट्टा यसबाट राहत दिने सस्तो पफर प्रयोग गर्ने हुन्, यसले वास्तविक र अर्थपूर्ण रूपमा विश्वव्यापी स्वास्थ्य स्याहारको सिद्धान्तलाई अस्ट्रेलियामा फर्काएको छ।"
ग्रेग भन्छन् उनी र उनका छोराले उनीहरूलाई दिइने जुन कुनै सहयोगको स्वागत गर्छन्।





