SKIP TO MAIN CONTENT

वेर्स्टन अस्ट्रेलियामा हराएको 'रेडियोएक्टिभ क्याप्सुल' भेटीयो

Rio Tinto
Mining company Rio Tinto Source: Getty / Getty/Aaron Bunch

वेर्स्टन अस्ट्रेलियामा सडक छेउमा खसेर हराएको भनिएको रेडियोधर्मी किरण युक्त क्याप्सुल फेला पर्न राज्यका अधिकारीहरू सफल भएका छन्।


Published

Updated

By Deborah Groarke

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

वेर्स्टन अस्ट्रेलियामा सडक छेउमा खसेर हराएको भनिएको रेडियोधर्मी किरण युक्त क्याप्सुल फेला पर्न राज्यका अधिकारीहरू सफल भएका छन्।


'रेडियोएक्टीभ क्याप्सुल' भनिने रेडियोधर्मी किरण युक्त एक सानो आकारको सामाग्री एक स्थानबाट अर्को स्थानमा लैजाने क्रममा बाटोमा हराएपछि वेर्स्टन अस्ट्रेलियाका अधिकारीहरूलाई निकै तनाव दिएको थियो।

तर राज्यका सबै संयन्त्रको प्रयोग पछि बुधबार उक्त क्याप्सुल भेटिएको हो।

बुधवार बिहानै राज्यका आपतकालिन सेवा मन्त्री स्टेफेन डसनले निकै जोडदारको खोजी पश्चात् उक्त सानो रेडियो एक्टीभ क्याप्सुल भेटिएको जानकारी गराए।

“आपतकालिन सेवाले रेडियो एक्टीभ क्याप्सुल हराएको ठाउँ पत्ता लगायो...अस्ट्रेलियाको आणविक विज्ञान र प्रविधि संस्थाले यसलाई फेला पार्न सफल भयो, यसमा स्वास्थ्य विभागलाई आगलागी एवम् आपतकालिन सेवाले पनि सहयोग गरेको छ, यो निकै असाधारण उपलब्धि हो,” उनले भने।

यता राज्यको आगलागी एवम् आपतकालिन सेवाका कमिस्नर डेरेन क्लेमले विभिन्न प्रविधिको प्रयोग गरी उक्त क्याप्सुल फेला पार्न सकिएको बताएका छन्।

“ग्रेट नर्दन हाइवेको दक्षिणी क्षेत्रमा उक्त क्याप्सुल फेला परेको हो, सडक भन्दा दुई मिटर पर रहेको उक्त क्याप्सुललाई ७० किलोमिटरको रफ्तारमा रहेको गाडीमा रहेको प्रविधिले भेट्टाउन सफल भयो,” उपलब्धि बारेमा क्लेमले भने।

सिल गरिएको बाकस भित्र एक रात राखेपछि अहिले उक्त क्याप्सुललाई पर्थ स्थित सुरक्षित भण्डारणमा राखिएको छ।

उक्त क्याप्सुल खसेको स्थानमा विकिरणको खतराका बारेमा एक टोलीले हाल अध्ययन गरिरहेको छ।

उक्त क्याप्सुल, अस्ट्रेलियाको ठुलो मध्येको एक माइनिङ कम्पनी रियो टिन्टोको हो।

वेर्स्टन अस्ट्रेलियाको किर्म्बली क्षेत्रमा रहेको गुडाइ–दारी कोइला खानीबाट पर्थ लैजाने क्रममा बिचको १४०० किलोमिटरको बाटोमा उक्त क्याप्सुल हराएको थियो।

क्याप्सुल भेटिए पछि रियो टिन्टोका साईमन ट्रट सरकारी अधिकारीहरूको सहयोग प्रति कम्पनी निकै कृतज्ञ रहेको प्रतिक्रिया दिन्छन्।

“हामी यसको खोजीमा सहयोग गर्ने राज्य सरकार, आपत्कालिक सेवा अन्य सबैलाई धन्यवाद दिन चाहन्छौ, सोच्ने हो भने वास्तवमा निकै अविश्वसनीय सफलता हो,” उनले भने।

उनले कम्पनीको गल्ती प्रति माफी पनि मागेका छन्।

वेर्स्टन अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी एन्ड्रु रोर्वट्सनले राज्यले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताएका छन्।

तर यस्तो लापरबाहीको घटनामा हुन सक्ने जरिवाना भने मात्र १०,००० डलर हो।

प्रधानमन्त्री एन्थोनि एल्बनिजी जरिवाना पर्याप्त नभएको प्रतिक्रिया दिन्छन्।

“एक त यो हराउनु हुँदैन थियो, र जरिवाना पनि निकै कम भयो, र कम हुनुको कारण चाही मानिसहरूले यस्तो सामानहरू पक्कै हराउँदैनन् भनेर राखेको हुनुपर्छ,” प्रधानमन्त्रीले भने।

अब भने कप्सुल खोजी गर्दाको खर्चका बारेमा कुरा उठेको छ, रियो टिन्टोले खर्च आफूले बेर्होन तैयार रहेको बताइरहँदा मन्त्री डसनले भने कम्पनीसँग भरपाई मागिन्छ मागिँदैन भन्ने बारेमा अहिले केही बताइसकेका छैनन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now