किशोरावस्थासम्म भुटानमा र त्यसपछिको लगभग दुई दशक नेपालको शरणार्थी शिविरमा हुँदै सन् २००९ मा अस्ट्रेलिया आइपुगेका पदम काफ्लेले भुटानी शरणार्थीहरूको यी यात्रालाई आफ्नो उपन्यास युग यात्रा मार्फत पाठक सामु ल्याएका छन्। ५१ वर्षीय काफ्लेले भुटानबाट आफ्नो पुर्खाहरूको थलो नेपालमा शरणार्थीका रूपमा बस्नु परेको कठिन अवस्था र त्यसपछि अस्ट्रेलिया आएर पाएको स्वतन्त्रता र समर्थनको बारेमा यो पुस्तकले इतिहासको पाटोलाई समावेश गर्ने एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





