SKIP TO MAIN CONTENT

अस्ट्रेलियाबाट रेमिट्यान्सका रूपमा बाहिरिने रकम गत वर्ष आधाले कम

Nepal relies heavily on remittance.
Nepal relies heavily on remittance. Source: Getty / Getty Images

विश्वमा रेमीट्यान्स पठाउने दर पहीलेको वर्ष भन्दा १५ प्रतिशतले बढेको भए पनि अस्ट्रेलियाबाट विदेशमा रहेका आफन्त र परिवारलाई पठाउने रकममा आधा कमी आएको एक रिर्पोटले देखाएको छ।


Published

Updated

By Omar Dehen

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

विश्वमा रेमीट्यान्स पठाउने दर पहीलेको वर्ष भन्दा १५ प्रतिशतले बढेको भए पनि अस्ट्रेलियाबाट विदेशमा रहेका आफन्त र परिवारलाई पठाउने रकममा आधा कमी आएको एक रिर्पोटले देखाएको छ।


यस वर्ष विश्वभर रेमिट्यान्सका रूपमा करिब १ खर्ब डलर स्थानान्तरण भएको बताइदा, अस्ट्रेलियाबाट रेमिट्यान्सका रूपमा बाहिरिने रकममा भने आधाले कमी आएको एक रिर्पोटले देखाएको छ।

महामारी सुरु भएपछि विश्वमा रेमिट्यान्सका रूपमा आफन्त र परिवारलाई पैसा पठाउने काम १५% बढेको बताइन्छ।

तर अस्ट्रेलियामा चाहिँ गत वर्ष यो आधामा झरेको छ।

सन् २०१९ मा अस्ट्रेलियाबाट ११ अर्ब डलर भन्दा बढी रकम रेमिट्यान्सका रूपमा बाहिरिएकोमा गत वर्ष यसको आधा अर्थात् ६ अर्ब मात्र रेमिटेन्स गएको वर्ल्ड रेमिटको तथ्याँकले देखाउँछ।

६ अर्ब मध्ये पनि आधा रकम भने पाँच वटा देश चीन, भारत, भियतनाम, बेलायत र फिलिपिन्स गएका छन्।

विशेष गरी गरिब र विकासशील देशहरूमा रेमिट्यान्स जाने गर्दछ।

निकै लामो समयदेखि द्वन्द्वमा फसेको मुलुक लेबनानका ८०% मानिसहरू गरिबीको रेखा मुनी रहेको संयुक्त राष्ट्र सङ्घले बताएको छ।

यसैले पनि लेबनानका लागि रेमिट्यान्सका रूपमा जाने रकमले ठुलो महत्त्व राख्दछ।

लेबनानमा आर्थिक सहयोग पठाउने उद्देश्यले सिड्नीको दक्षिणी क्षेत्रको एक घरमा द अस्ट्रेलियन लेबनिज लेडीज फन्डले एक कार्यक्रमको आयोजना गरी केही रकम जोहो गर्ने प्रयास गरेको थियो।

संस्थाकी अध्यक्ष रिमा बलेस लेबनानका मानिसहरू आर्थिक रूपमा निकै कमजोर रहेको बताउँछिन्

“त्यहाँका मानिसहरूको अवस्था निकै दयनीय छ, खाना, औषधि र घर भाडाका लागि केही रकम पठाउन हामी सहयोग सङ्कलन गरिरहेका छौ,”

राजनीतिक कारणले बिग्रिएको अर्थव्यवस्थाका कारण लेबनानको ३८ प्रतिशत कुल गृहस्थ उत्पादन रेमिट्यान्सबाट धानिन्छ।

यस बाहेक समाआ, ताजकिस्तान, किर्गिस्तान जस्ता मुलुकहरू पनि रेमिट्यान्स नै प्रमुख आय स्रोत हो।

विश्व बैंकका प्रमुख अर्थशास्त्री दिलीप राथा धेरै गरिब र समस्या भोगिरहेका मुलुकहरू रेमिट्यान्समा निर्भर हुनु परिरहेको बताउँछन्।

यता वर्ल्ड रेमिट नामक रेमिटेन्स कम्पनीका एसिया प्यासिफिक क्षेत्रका निर्देशक अर्ल मेलिभो रेमिटेन्स र आप्रवासनका बिचमा ठुलो सम्बन्ध रहेको बताउँछन्।

“आप्रवासी कामदारको मुख्य उद्देश्य भनेकै आफ्नो घरमा पैसा पठाउनु हो,” मेलिभो भन्छन्।

वर्ल्ड बैङ्कका अनुसार यस वर्ष १.२ खर्ब डलर रेमिट्यान्सका रूपमा विभिन्न मुलुकमा स्थानान्तरण भएको छ।

Remittance growth from Filipinos in Australia
Money transfer habits of Filipinos in Australia Source: Getty / aldarinho/Getty Images/Canva

र रेमिट्यान्सका रूपमा चीन बाहेकका गरिब तथा विकासशील देशहरूले यसको प्रमुख हिस्सा अर्थात् ९३२ अर्ब डलर पाएका छन्।

भारतले रेमिट्यान्स भित्रने दरमा सबैलाई जितेको छ, यहाँ १५० अर्ब डलर भित्रिएको छ। यस बाहेक मेक्सिकोमा ८९ अर्ब डलर, चीन ७६ अर्ब डलर, फिलिपिन्समा ५७ अर्ब डलर र इजिप्टमा ४८ अर्ब डलर भित्रिएको छ।

यी रकमहरू आफ्नो परिवारमा घर भाडा, औषधि, खाना लगायतका खर्चका लागि पठाइएको छ।

सन् २०२२ मा विश्वभर आर्थिक अवस्था त्यति अनुकूल नरहे तापनि दिलीप राथाका अनुसार रेमिट्यान्सको कुरामा भने यसले असर पारेको छैन।

मेलबर्नमा बस्दै आएकी जेनिका ग्रस आफूलाई आर्थिक दबाब परे पनि फिलिपिन्समा रहेका आफ्ना परिवारका लागि आफ्नो तलबको केही रकम पठाउने गरेको बताउँछिन्।

“ब्याजदर बढेको बढ्यै छ, हामीले हाम्रो खर्चमा पनि विशेष निगरानी राखेका छौ तर हाम्रा लागि घरमा पैसा पठाउने एउटा संस्कृति जस्तै भइसक्यो।”

यता वर्ल्ड रेमिटका अर्ल मेलिभो भने पछिल्ला दुई वर्षमा अस्ट्रेलियामा आप्रवासी कामदार आउन नपाउनुले पनि रेमिट्यान्स कम भएको बताउँछन्।

विश्व बैकले भने विश्वभर नै सन् २०२३ मा रेमिट्यान्समा केही कमी हुने अपेक्षा गरेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now