काठमाण्डूको राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा 'जात व्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध' नामक कला प्रदर्शनी भएको छ। नेपालको पहिलो दलित क्वेर कला प्रदर्शनीमा विविध यौनिकता भएका दलित व्यक्तिहरूका मुद्दाहरूको चित्रण गरिएको थियो। समरी उत्थान समाजले उक्त प्रदर्शनीको आयोजना गरेको हो। पारलैङ्गिक पुरूष रोजन परियार र समलिङ्गी पुरूष सुजन दर्जी यस प्रदर्शनीका आयोजक मात्र नभएर जात व्यवस्था र यौनिकतामा आधारित भेदभाव विरुद्धका अभियन्ता पनि हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





