Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एसबीएस नेपाली आर्थिक कुराकानी: अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्दा के-के कुरामा ध्यान दिनु पर्छ?

Houses under construction, Kellyville Ridge, North-West Sydney, Aerial Photography

Houses under construction in Kellyville Ridge, north-west Sydney, Source: Moment RF / Andrew Merry/Getty Images

पहिलो पटक घर किन्दै हुनुहुन्छ भने मोर्गेजका लागि ब्याङ्कसँग कसरी कुरा राख्ने? सेप्टेम्बर महिनाको आर्थिक कुराकानीमा यो लगायत ब्याज दर, 'क्रेडिट स्कोर', 'रेन्ट टु बाइ स्कीम', मेलबर्न र सिड्नीका घर बजार र अमेरिकाको राजनीतिले अस्ट्रेलियाको अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


पहिलो पटक घर किन्दै हुनुहुन्छ भने मोर्गेजका लागि ब्याङ्कसँग कसरी कुरा राख्ने? सेप्टेम्बर महिनाको आर्थिक कुराकानीमा यो लगायत ब्याज दर, 'क्रेडिट स्कोर', 'रेन्ट टु बाइ स्कीम', मेलबर्न र सिड्नीका घर बजार र अमेरिकाको राजनीतिले अस्ट्रेलियाको अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


कुराकानीका मुख्य विषयहरू:

  • अस्ट्रेलियामा बिस्तारै वसन्त ऋतु सुरु हुँदै गर्दा, देशभर घर बजारमा 'क्लियरेन्स रेट' कस्तो छ?
  • 'रेन्ट टु बाइ स्कीम' नाममा भने जस्तै घर भाडामा लियो अनि केही वर्षमा किन्यो हो? यसका केही फाइदा र खराब पक्षहरू के-के छन्?
  • सिड्नीका भित्री सबर्बहरूमा अहिले कहाँ घर किन्न सकिने अवस्था छ? पाँच प्रतिशत डिपोजिट भए हुन्छ?
  • मोर्गेजका लागि ब्याङ्कसँग कसरी कुरा राख्ने?
  • 'क्रेडिट स्कोर' भनेको के हो र यसले अस्ट्रेलियामा मेरो घर किन्ने क्षमतामा कसरी असर गर्छ?
  • ब्याज दर फेब्रुअरीसम्म घट्छ कि भन्ने प्रक्षेपण छ। ट्रेजरर जिम चामर्स र रिजर्भ ब्याङ्ककी गभर्नर मिशेल बुलकबिच पछिल्लो समय भएका कुराकानीले ब्याज दर क्रिसमसभन्दा अगाडि घटाउन ब्याङ्क माथि कत्तिको दबाब पार्ला? ब्याज दरमा तल माथि कहिलेसम्म होला?
  • अमेरिकाको राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प वा कमला ह्यारिस निर्वाचित हुँदा यसले अस्ट्रेलियाको अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला?
  • अरू प्रमुख शहरहरूको तुलनामा मेलबर्न अलि 'सफ्ट मार्केट' देखिनुको कारण के हो?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकएक्स (पहिले ट्विटर भनिने)इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now